२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रहरीद्वारा प्रतिबन्धित औषधिसहित ६ जना पक्राउ

प्रहरीद्वारा प्रतिबन्धित औषधिसहित ६ जना पक्राउ


विराटनगर—प्रहरीले प्रतिबन्धित औषधिसहित ६ जनालाई पक्राउ गरेको छ । बुधबार इलाका प्रहरी कार्यालय उर्लावारीले ६ जनालाई पक्राउ गरेको हो ।

उर्लावारी नगरपालिका—१ झारसादीस्थित दिपेश धिमालको घरमा नियन्त्रित लागु औषधको खरिद बिक्री भइरहेको गोप्य सूचनाका आधारमा इप्रका उर्लावारीबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित औषधि बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

प्रहरीले मोरङ उर्लाबारी नगरपालिका १ का २१ वर्षीय दिपेश धिमाल, सोही ठाउँका २० वर्षीय मेघराज माझी, २० वर्षीय धिरेन राई र २१ वर्षीय समिर बर्देवा प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ ।

यसैगरी, उर्लाबारी नगरपालिका वडा ३ थापाचोकस्थित प्रभु तामाङको घरमा नियन्त्रित औषधि बिक्री वितरण तथा ओसारपसार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले थप तीन जनलाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेहरुमा उर्लावारी ३ थापाचोक बस्ने वर्षीय १८ का प्रभु तामाङ, मोरङ पथरी शनिश्चरे नगरपालिका २ का २० वर्षीय विवेक दर्नाल रहेका छन् ।

प्रहरीले ट्रामाड्रोल ३६६ क्याप्सुल र स्पासपन ३६६ क्याप्सुल औषधिहरु बरामद गरेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ