२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराट मेडिकल कलेजमा अत्याधुनिक ब्लड बैंक स्थापना

विराट मेडिकल कलेजमा अत्याधुनिक ब्लड बैंक स्थापना

बिरामीको ज्यान बचाउन रक्तदान र सचेतना


विराटनगर—विराट मेडिकल कलेज शिक्षण अस्पतालले अत्याधुनिक सुविधासम्पन्न ब्लड बैंक संचालनमा ल्याएको छ । शिक्षण अस्पतालभित्र निजी क्षेत्रबाट विश्वस्तरीय ब्लड बैंक संचालनमा ल्याइएको हो ।

संचालनमा आएको ब्लड बैंकमा ब्लड फ्याक्टरहरु छुट्याउने सुविधा भएकोले एक प्रिन्ट ब्लड बाट ४ जनासम्म बिरामीले जीवन दान पाउने विराट नर्सिङ होम प्रा.लि. तथा विराट मेडिकल कलेज शिक्षण अस्पताल प्रा.लि.का सि.ई.ओ. डा. निकिता कार्कीले जानकारी दिए ।

बिरामीलाई ब्लड प्रयोग गर्नुको सट्टा चाहिएको ब्लड फ्याक्टर प्रयोग गर्नुपर्ने बताए । ‘निजी क्षेत्रबाट संचालनमा ल्याएको यो पहिलो ब्लड बैंक हो,’ उनले भने, ‘बिरामीको सहजताको लागि शिक्षण अस्पतालभित्रै ब्लड बैंक स्थापना गरिएको हो ।’ अस्पतालमा भर्ना भएका बिरामीलाई रगत आवश्यक परे झण्डै हस्पिटलबाट ८ किलोमिटर टाढामा रहेको देवकोटा चोकको रेडक्रसमा जानुपर्ने अवस्था रहेको थियो । विराटमा ब्लड बैंक स्थापना भएपछि बिरामीको उपचारमा सहज हुने हस्पिटलले जनाएको छ ।

डा. निकिता ब्लड बैंकको बारेमा जानकारी दिदैं ।

‘अहिलेको लेटेस उपकरणहरु ल्याएर ब्लड बैंकमा राखिएको छ । यहाँ लामो समयसम्म रगत सुरक्षित राख्न सकिन्छ । ठूला–ठूला माइनस ८ डिग्रीसम्मको फ्रिज रहेको छ,’ उनले भने, ‘दश वर्षसम्म ब्लड सेल्स राख्न सक्ने क्षमता छ ।’ विराटमा राखेको रगत खेर नजाउने उनले बताए । ‘ब्लड बैंकको पनि स्टार हुने गर्दछ । अहिले ७ स्टारसम्म रहेको छ,’ उनले भने, ‘विराटमा रहेको पाँच स्टारको हो ।’

जनचेतनासँगै विराटको रक्तदान कार्यक्रम

विराट मेडिकल कलेज र विराट नर्सिङ होमले जनचेतनामूलक कार्यक्रसँगै रक्तदान कार्यक्रमहरु पनि आयोजना गर्दै आएको छ । कसैको रगतले अस्पतालको शैय्यामा रहेका बिरामी बचाउन सकिने भएको कारणले जनचेतनासँगै रक्तदान कार्यक्रमहरु सामाजिक संघ संस्थासँग सहकार्य गरी आयोजना गर्दै आएको छ ।

मंगलबार लायन्स कल्ब बिराटनगर शुभम र बिवाट नर्सिङ्ग होम प्रा.लि.को संयुक्त आयोजनामा खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ । विराट नर्सिङ होममा भएको रक्तदान कार्यक्रम ४५ जनाले रक्तदान गरेका थिए ।

क्लबकी अध्यक्ष उर्मिला थापाको अध्यक्षतामा रत्तदान कार्यक्रम भएको थियो । कार्यक्रममा विराट नर्सिङ्ग होम प्रा.लि.तथा विराट मेडिकल कलेज शिक्षण अस्पताल प्रा.लि.का सि.ई.ओ. डा. निकिता कार्की, लायन्स क्लब ड्रिस्ट्रिक ३२५ का गर्भनर विजय हरी शर्मा, पूर्व गर्भनर राजन खत्रीलगायतकाको उपस्थिती रहेको थियो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ