२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मोरङमा दादुरा–रुबेला खोप अभियान सुरु हुँदैं, २ लाख ८५ हजार बालबालिकालाई लगाउने लक्ष्य

मोरङमा दादुरा–रुबेला खोप अभियान सुरु हुँदैं, २ लाख ८५ हजार बालबालिकालाई लगाउने लक्ष्य


विराटनगर—मोरङमा ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकाका लागि दादुरा–रुबेला खोप अभियान सञ्चालन हुने भएको छ । २८ देखि ३२ साउनसम्म दादुरा–रुबेला खोप अभियान संचालन हुनेछ ।

शुक्रबार स्वास्थ्य कार्यालय मोरङ आयोजना गरेको पत्रकार सम्मेलनमा २ लाख ८५ हजार ८७७ जना बालबालिकालाई दादुरा रुबेला खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए ।

मोरङमा ६ महिनादेखि ५९ महिनासम्मका ८५ हजार ६३ जना, ५ वर्षदेखि १४ वर्षसम्मका २ लाख ८ हजार १४ जना बालबालिकाहरुलाई खोप लगाउने लक्ष्य रहेको उनले बताए । १ हजार ७३ खोप केन्द्रमा २ हजार ४३४ स्वास्थ्यकर्मीले बालबालिकाहरुलाई दादुरा रुबेला विरुद्धको खोप दिनेछन् ।

‘२५० जनासम्म बालबालिकाहरुको लागि १ वटा खोप केन्द्र तोकिएको छ,’ उनले भने, ‘एउटा खोप केन्द्रमा २ जना स्वास्थ्यकर्मी र २ जना स्वयंसेवक हुनेछन् । चार दिनको अभियानपछि विराटनगर महानगरपालिकामा दादुरा रुबेला खोप अभियान भदौं ११ देखि १५ गतेसम्म संचालन हुनेछ ।’

सरकारको सन् २०२६ सम्ममा दादुरा निवारण गर्ने लक्ष्य रहेको छ । ९५ प्रतिशत सबै क्षेत्रमा दादुरा रुबेला खोप पु¥याउन यो रोगबाट बालबालिकाहरुलाई जोगाउन सकिने उनले बताए ।

‘खोप पूर्णरुपमा सुरक्षित र प्रभावकारी रहेकाले आफ्ना सम्पूर्ण बालबालिकालाई सम्बन्धित खोप केन्द्रमा लगेर खोप लगाइदिन आग्रह गर्छु’, उनले भने, ‘यो रोग सबै उमेर समूहलाई लाग्न सक्ने भए पनि बालबालिकालाई बढी असर गर्छ । त्यसैले लक्षित उमेर समूहलाई खोप लगाउँदैछौं ।’


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ