२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १दुर्घटनामा २८ वर्षीय चिकित्सक निरज यादवको मृत्यु

दुर्घटनामा २८ वर्षीय चिकित्सक निरज यादवको मृत्यु


विराटनगर-मोरङको उर्लाबारीमा ट्रिपर र मोटरसाइकल जुध्दा एक जना चिकित्सकको मृत्यु भएको छ। मङ्गलबार  भएको दुर्घटनामा सप्तरीका २८ वर्षीय चिकित्सक निरज यादवको मृत्यु भएको हो।

मोरङ प्रहरी प्रवक्ता डिएसपी रन्जन दाहालका अनुसार पुर्व पश्चिम राजमार्गको उर्लावारी –४ म स्थित ओम सत्य साई पेट्रोल पम्प नजिकै यादवलाई विहान सवा छ बजे ट्रिपरले ठक्कर दिएको थियो।

डाक्टर यादव पुर्वतिर गइरहेका थिए भने टिपर पश्चिम गइरहेको थियो। ट्रिपरले यादव सवार प्र १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकल  प्र ३–००१ क ००९५ नम्बरको ट्रिपर आपसमा जुध्दा उनी गम्भीर घाइते भएका थिए।

‘लगत्तै मदन भण्डारी ट्रमा सेन्टर उर्लावारीमा उहाँलाई उपचारका लागि पुर्याइयो, चिकित्सकले ६:५० मा मृत घोषणा गरे’ डिएसपी दाहालले भने।

उनका अनुसार ट्रिपर चालक झापा मेचीनगर नगरपालिका ११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ