२०८१ जेठ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १सप्तकोसी पुलमा कार छाडेर बेपत्ता भएका ३२ वर्षीय डा. प्रज्वल मृत भेटिए

सप्तकोसी पुलमा कार छाडेर बेपत्ता भएका ३२ वर्षीय डा. प्रज्वल मृत भेटिए


विराटनगर—सप्तकोसी नदीको पुलमा कार छोडेर बेपत्ता भएका डा. प्रज्वल कोइराला मृत अवस्थामा भेटिएका छन् । मंगलबार अपरान्ह उनको शव बराहक्षेत्र नगरपालिका—२ स्थित कोसीको भंगालोमा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलले बताए।

दमक—१ घर भएकार ३२ वर्षीय डा. कोइराला मदन भण्डारी ट्रमा सेन्टर उर्लावारीमा कार्यरत् रहेका थिए । ‘शव सडेगलेको अवस्थामा फेला परेको छ । आफन्तले शव पहिचान गर्नुभएको छ,’ फुयाँलले भने। कोशीमा माछा मार्नेहरूले शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

आफन्तले शवको पहिचान गरेपछि पोस्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।

१० भदौ राति सप्तकोसी नदीको छेउमा कार छोडेर डा. कोइराला वेपत्ता भएका थिए। बेलका नगरपालिका—८ मा कार पार्किङ गरेर कोइराला बेपत्ता भएका थिए।

सप्तकोसी नदीको पुलको बीच भागमा जुत्ता, मोजा र मोबाइल भेटिएको थियो।

कोइराला ट्रमा सेन्टरमा सेवा गर्नुअघि उर्लावारीको अरनिको अस्पताल र दमकको लाइफलाइन अस्पतालमा काम गर्थे। उनले मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ