२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १एमबिबिएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने ८ जना विद्यार्थीलाई ग्रिनल्याण्डको सम्मान 

एमबिबिएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने ८ जना विद्यार्थीलाई ग्रिनल्याण्डको सम्मान 


विराटनगर- विराटनगरस्थित ग्रिनल्याण्ड कलेजले २०८० सालको परीक्षामा एमबिबिएस परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने ८ जना विद्यार्थीहरूलाई सम्मान गरेको छ । कलेज परिसरमा आज एक कार्यक्रमको बिच ८ जना विद्यार्थीहरूलाई सम्मान गरेको हो ।

कलेजका ईशान सिंह यादव,  अमित यादव,  रोहन कुमार  प्रभाकर, सबिना चौधरि,  अनमोल झा,  कृपा खड्का,  शत्रुधन साह र   आकृति बस्नेतलाई कलेजले सम्मान गरेको छ । उनीहरूले एमबिबिएस अध्ययनको लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएकोले कलेजले सम्मान गरेको कलेजले जनाएको छ । उनीहरूलाई विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

एमबिबिएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थी अमित यादवले कडा मेहनतको कारणले आज सफलता मिलेको बताए  । लगनशील भएर अध्ययन गर्दा एक दिन सफलता मिल्ने उनले बताए। लक्ष्य लिएर पढ्दा एमबिबिएसमा नाम निकाल्न सफलता मिलेको उनले बताए । ‘कक्षा कोठा र घरमा नियमित १५ घण्टा पढ्दा एक दिन सफलता मिल्छ,’ उनले भने ।

यसै गरी एमबिबिएमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने अर्का छात्रा कृपा खड्का शिक्षकहरूले पढाइको र हाम्रो मेहनतको कारणले सफलता मिलेको सुनाइन् ।

कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले विराटनगर शैक्षिक हबको रुपमा विकास भइरहेको बताए । अहिले युवा जनशक्ति विदेश पलायन भइरहेको जानकारी दिँदै युवा पलायन रोक्न अबको शिक्षा रोजगारमुखी शिक्षा हुनुपर्नेमा जोड दिए । उनले आजको आवश्यकता प्राविधिक शिक्षा जरुरी भएको बताए । प्राविधिक ज्ञान भएका विद्यार्थी बेरोजगार बस्न नपर्ने भएकोले अबको प्राविधिक शिक्षामा जोड दिनुपर्ने उनले बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ