२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मिल्दोजुल्दो नाम राखेकोप्रति न्यूरो अस्पतालको आपत्ति

मिल्दोजुल्दो नाम राखेकोप्रति न्यूरो अस्पतालको आपत्ति


विराटनगर—विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी प्रा.लि. (न्युरो हस्पिटल)ले आफ्नो अस्पतालसँग मिल्दोजुल्दो नाम राखेको प्रति आपत्ति जनाएको छ । मंगलबार अस्पतालले पत्रकार सम्मेलन गरी आपत्ति जनाएको हो ।

न्यूरो अस्पतालसँग मिल्दोजुल्दो नाम राखेर बिरामी ठगी गरेको अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले बताए । न्युरो हस्पिटलसँग मिल्दो जुल्दो नाम राखी सेवाग्राहीहरुलाई गलत सूचना सम्प्रेषण गरेको उनले दावी गरे ।

‘बिडम्बनापुर्वक भन्नु परेको छ यस अस्पतालमा पूर्णकालीन रुपमा कार्यरत विशेषज्ञ डाक्टरहरुको बारेमा अफवाह फैल्याउने र उनीहरुको संस्थामा आबद्ध छन भनी भ्रम पार्ने गरेको पनि पाइएको छ । न्युरो अस्पतालको शाखा हो भनी गलत प्रचार गर्नेदेखि वाल पेन्ट, होर्डिङ वोर्ड आदिमा न्युरो अस्पतालसँग मिल्दोजुल्दो विज्ञापन राखी प्रचार—प्रसार कार्यसमेत गर्ने गरेको पाइएको छ,’ पत्रकार सम्मेलनमा उनले भने, ‘यसरी भ्रममा पारी बिरामीहरुको स्वास्थ्यमा गम्भीर खेलवाड गर्ने गरेको गुनासोहरु पटक—पटक आएको छ । त्यस विषयलाई हामीले विभिन्न औपचारिक र अनौपचारिक फोरममा समेत उठाएका पनि छौं ।’

न्यूरोको कुनै शाखा अस्पताल नरहेको र आफूहरुसँग मिल्दोजुल्दो नाम राखी संचालन गरिएको कनै पनि संस्थासँग कुनै सम्बन्ध नरहेको उनले बताए । ‘त्यस्ता व्यक्ति , समूहको कुनै आश्वासन, प्रलोभनमा नपर्न तथा कसैले पार्न खोजे न्युरो अस्पतालको आधिकारिक नम्बरमा सम्पर्क गरेर जानकारी गराउन अपिल गर्दछौ,’ न्यूरोले जारी विज्ञप्तिमा छ ।

विराटनगरको एक अस्पतालले मृत घोषणा गरेको शवगृहमा राखेको व्यक्ति जीवित पाइएको भन्दै विभिन्न संचार माध्यमहरुमा आएका समाचार गलत भएकोले र उक्त हस्पिटल न्यूरो नभएको बताएको छ ।

‘सामाजिक सन्जालमा आम सर्वसाधारणदेखि नागरिक अगुवा, जनप्रतिनिधीहरुसमेत ठूलो भ्रममा परेको देखियो । यो भ्रम भनेको हाम्रो ख्यातिप्राप्त ब्राण्डलाई अनुचित तवरले प्रयोग गर्ने गलत प्रवृत्ति प्रश्रय भएको कारणले भयो भन्ने कुरा स्पष्ट देखिन्छ । अतः यस्तो घटना फेरि नदोहोरियोस्, फेरि कोही नठगिउन, फेरि कोही भ्रममा नपरोस भन्नाको लागी हामी सम्पूर्ण सरकारी संयन्त्र, सरोकारवाला निकाय, नागरिक समाज, मिडियाकर्मी र सम्पूर्ण सर्वसाधारणहरुमा सचेत रहन हुन हार्दिक अनुरोध गर्दछौ,’ विज्ञाप्तीमा अगाडि छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ