२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १नेपाल औषधी व्यवसायी संघ मोरङको अध्यक्षमा ढकाल निर्वाचित

नेपाल औषधी व्यवसायी संघ मोरङको अध्यक्षमा ढकाल निर्वाचित


विराटनगर—नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङको अध्यक्षमा देशबन्धु ढकाल भारी मतान्तरले निर्वाचित भएका छन् । शनिबार विराटनगरमा सम्पन्न भएको संघको दोस्रो जिल्ला अधिवेशनबाट ९२ मत अन्तरले प्रतिस्पर्धीलाई हराउँदै ढकाल निर्वाचित भएका हुन् ।

२१३ मत ल्याएर ढकाल अध्यक्षमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी सुदिनध्वज श्रेष्ठ १२१ मत मात्र प्राप्त गरे । पहिलो निर्वाचनमा पनि ढकालले उपाध्यक्षमा श्रेष्ठलाई पराजित गरेका थिए ।

निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै अध्यक्ष ढकालले औषधी व्यसायीहरुलाई एक ढिक्का बनाएर सधै व्यवसायीहरुको हकहितमा लागि पर्ने बताए ।

यसैगरी, वरिष्ठ उपाध्यक्ष हरिराज रेग्मी निर्वाचित भएका छन् । रेग्मीले १९४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी विनोदकुमार यादवले १३७ मत मात्र ल्याए । वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका रेग्मी ढकाल समूहका हुन् ।

यसैगरी, खुद्रा उपाध्यक्षमा मुकेश श्रीवास्तव निर्वाचित भए । श्रीवास्तवले १८१ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी पुष्प पोखरेल १४३ ल्याए ।

यसैगरी, महासचिवमा अरुणकुमार ठाकुर निर्वाचित भए । ठाकुरले १९० मत ल्याएर माहासचिवमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी प्रकाश धिमालले १४३ मत पाए ।

कोषाध्यक्षमा मनोजकुमार मण्डलले १७८ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी बेदबहादुर थापा (गणेश)ले १५७ मत पाए । सचिवमा सरिता चौधरीले २०१ मत ल्याएर निर्वाचित भइन् । उनका प्रतिस्पर्धी सुदन पौडेलले १३२ मत पाए ।

सह—कोषाध्यक्षमा राजकुमार यादवले १९६ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी तुलासा विश्वकर्माले १३९ मत ल्याए । थोक उपाध्यक्षमा जितु रजक निर्विरोध निर्वाचित भए । ढकाल समूहबाट उम्मेदवारी दिएका अनिल चौधरी शर्माले उम्मेदवारी दर्ता गरेपछि अन्तिम समयमा आएर फिर्ता लिएपछि रजक निर्विरोध भएका हुन् ।

यसैगरी, खुद्रा सदस्यमा सुनिलकुमार चौधरीले १९२ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी शंकर यादवले १४२ मत पाए । यसैगरी थोक सदस्यमा राजेश कुमार मण्डलले २०८ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी अन्जु बस्नेतले ९७ मत ल्याए ।

सदस्यहरुमा अरविन्द्रकुमार मण्डल १९०, गौरवप्रसाद साह १५५, किरणकुमार चौधरीले १८१ मत ल्याएर निर्वाचित भए । ४ सय १५ मत रहेको एनसीडिए मोरङमा ३ सय ५५ मत खसेको थियो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ