२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १पारस हस्पिटलमा ‘आमा र छोरी बचाउ’ कार्यक्रम, गर्भवतीको निःशुल्क उपचार

पारस हस्पिटलमा ‘आमा र छोरी बचाउ’ कार्यक्रम, गर्भवतीको निःशुल्क उपचार


विराटनगर-विराटनगरस्थित पारस मल्टीस्पेसियालिटी हस्पिटलमा ‘आमा र छोरी बचाउ’ कार्यक्रम सुरू भएको छ । बिहीबारदेखि लागु हुने गरी हस्पिटलले ‘आमा र छोरी बचाउ’ कार्यक्रम सुरु गरेको जानकारी गराएको हो ।

‘आमा र छोरी बचाउ’ कार्यक्रमअन्तर्गत नर्मल डेलिभरी भएर जन्मिएको छोरीछोरा दुवै र आमाको निःशुल्क उपचार हुनेछ । शल्यक्रिया गरेर छोरा जन्मिएको आमाको उपचार खर्च भने लाग्ने अस्पतालले जनाएको छ । ‘यदि शल्यक्रिया भएर छोरी जन्मिएको खण्डमा आमाको उपचार खर्च लाग्ने छैन,’ पारस हस्पिटलका अध्यक्ष डा. सफिउर रहमानलले भने ।

५० शैय्याको पारस हस्पिटलमा १५ शैय्याको गाइनो वार्ड रहेको छ । ८ शैय्याको एनआईसीयू रहेको अस्पतालले जनाएको छ । ‘आमा र छोरी बचाउ’ कार्यक्रमबाट प्रसूति गराउन दक्ष जनशक्ति रहेको अस्पतालले जनाएको छ । प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. कविता यादवको नेतृत्वमा उपचार टिम रहेको छ ।

अस्पतालले ‘आमा र छोरी बचाउ’ कार्यक्रमबाट छोरी पाउने आमालाई अस्पतालले १ हजार रुपैयाँ प्रोत्साहन भत्ता पनि दिने भएको छ । हस्पिटलले सहुलियतमा उपचार गर्ने पनि घोषणा गरेको छ । एक हजार रुपैयाँको सुविधा कार्ड बनाए एक वर्षसम्म अस्पतालको ओपीडि निःशुल्क, अन्य टेस्टहरुमा २५ प्रतिशत र मेडिसिनमा १० प्रतिशत छुट दिने बताएको छ ।

यसैगरी, आर्थिक रुपमा विपन्न, दलित तथा असहायहरुलाई जनरल बेडमा ५० प्रतिशत र अप्रेसन तथा अन्य टेस्टहरुमा २५ प्रतिशत छुट दिने गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत हेमनारायण मेहताले बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ