२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरमा विराट सिटी डेन्टल क्लिनिक संचालनमा, १० दिनसम्म निःशुल्क ओपीडी सेवा दिने

विराटनगरमा विराट सिटी डेन्टल क्लिनिक संचालनमा, १० दिनसम्म निःशुल्क ओपीडी सेवा दिने


विराटनगर—विराटनगर–६ शनि मन्दिरमा डा. अम्बिका साहले विराट सिटी डेन्टल क्लिनिक संचालनमा ल्याएकी छन् । सोमबार एक कार्यक्रम आयोजना गरी विराट सिटी डेन्टल क्लिनिक संचालनमा ल्याइएको हो ।

अत्याधुनिक डेन्टल चेयर, दाँतको ए–क्सरे मेसिनलगायत अन्य उपकरणहरू र संक्रमण रोक्न निर्मुलीकरणमा विशेष ध्यान दिएर दाँत सम्बन्धी सम्पूर्ण उपचार गर्ने उद्देश्यले विराट सिटी डेन्टल क्लिनिक संचालनमा ल्याइएको डा. साहले जानकारी दिइन् ।

विराट सिटी डेन्टल क्लिनिकमा आरसिटी, विभिन्न किसिमका क्राउन लगाउने, किरा लागेको दाँत भर्ने, माइनर सर्जिकल एक्सट्राक्सन, अर्थाे डोन्टिष्ट विशेषज्ञतद्वारा दाँतमा तार बाँधिने, बाङगो टिङ्गो दाँतमा मिलाउनेलगायतका दाँतसँग सम्बन्धित सम्पूर्ण सेवा उपलब्ध हुनेछन् । ‘एउटै छानामुनि रहेर बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्ने योजना छ,’ उनले भनिन् ।

क्लिनिक संचालनमा आएको अवसरमा १० दिनसम्म निःशुल्क ओपीडी सेवा र अन्य विभिन्न जाँचहरूमा ३० प्रतिशतसम्म छुट दिने भएको छ । त्यसैगरी हल्लिएको दाँतको उपचार पनि निःशुल्क हुने डेन्टलले जनाएको छ ।

सोही अवसरमा डेन्टलमा आएर उपचार गर्ने तेली समुदायका बिरामीलाई  ३० प्रतिशत छुट दिने घोषणा गरिएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ