२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १औषधि व्यवसायी संघ मोरङको नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण

औषधि व्यवसायी संघ मोरङको नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण


विराटनगर—नेपाल औषधि व्यवसायी संघ मोरङका नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । बुधबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी दोस्रो अधिवेशनबाट निवार्चित भएका कार्यसमिति सदस्सयहरुले पदभार ग्रहण गरेका हुन् ।

२८ पुसमा भएको संघको दोस्रो अधिवेशनबाट अध्यक्षमा देशबन्धु ढकाल, वरिष्ठ उपाध्यक्षमा हरिराज रेग्मी, थोक उपाध्यक्षमा जितु रजक, खुद्रा उपाध्यक्षमा मुकेश श्रीवास्तव, महासचिवमा अरुणकुमार ठाकुर, कोषाध्यक्षमा मनोजकुमार मण्डल, सचिवमा सरिता चौधरी, सह—कोषाध्यक्षमा राजकुमार यादव निर्वाचित भएका थिए ।

यसैगरी, खुद्रा सदस्यमा सुनिलकुमार चौधरी, थोक सदस्यमा राजेशकुमार मण्डल, सदस्यहरुमा अरविन्द्रकुमार मण्डल , गौरवप्रसाद साह , किरणकुमार चौधरी निर्वाचित भएका थिए ।

नवनिर्वाचित अध्यक्ष ढकाललाई निवर्तमान अध्यक्ष लक्ष्मी तिमिल्सिनाले सपथ गराएका थिए । ढकालले सपथ लिएपछि अन्य पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

कार्यक्रममा नेपाल औषधि व्यवसयी संघका केन्द्रीय प्रदिपकुमार दास, उपाध्यक्ष प्रदेश नरेन्द्र बराल , झापाका अध्यक्ष जीवन खड्का, नेपाल औषधि व्यवस्था विभाग विराटनगरका शाखा अधिकृत अनिल परियारलगायतले नवनिर्वाचित कार्यसमितिहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ