२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १महानगर प्रमुख कोइरालाद्वारा विराटले आयोजना गर्ने क्यान्सर सम्बन्धि आशा कार्यक्रम सफल पार्न आग्रह

महानगर प्रमुख कोइरालाद्वारा विराटले आयोजना गर्ने क्यान्सर सम्बन्धि आशा कार्यक्रम सफल पार्न आग्रह


विराटनगर—विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराट क्यान्सर इन्स्टिच्युटले आयोजना गर्न लागेको आशा कार्यक्रम सफल पार्न आग्रह गरेका छन् । कोइरालाले २१ माघमा उद्घाटन हुन लागेको विराट क्यान्सर इन्स्टिच्युटले आयोजना गर्न लागेको कार्यक्रमको सफलताको कामना व्यक्त गरेका हुन् ।

‘विराट क्यान्सर इन्स्टिच्युटद्वारा आयोजित आशा भन्ने इभेन्टका लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । क्यान्सरको रोकथामका लागि एउटा ठूलो इभेन्ट (भेला) यो इन्स्टिच्युटले आयोजना गर्न गइरहेको छ,’ एक शुभकामना सन्देशमा मेयर कोइरालाले भनेका छन्, ‘क्यान्सरका बारेमा जनचेतना फैलाउने, सचेतना फैलाउने, समाजमा भएका क्यान्सर उन्मुख रोगहरु छन्, तिनीहरुलाई न्यूनीकरण गर्नका लागि यो इन्स्टिच्युटले पाइला चालिरहेको छ । मेरो व्यक्तिगत र महानगरपालिकाका तर्फबाट म प्रतिवद्धता जाहेर गर्न चाहन्छु ।’

उनले इभेन्टमा सिंगैं विराटनगर महानगरपालिकाले सहयोग गर्ने समेत बताए । ‘मैले सबै जनालाई आग्रह र अनुरोध गर्न चाहन्छु । हामी क्यान्सरका लागि विगतमा अन्य ठाउँमा गएर उपचार गर्नुपथ्र्यो भने अब उपचार हाम्रै ठाउँमा आएको छ,’ उनले भने, ‘यसको धेरैभन्दा धेरै फाइदा महानगरवासी, महानगरसँग जोडिएका पालिकाका वासिन्दाहरु पनि लाभान्वित हुनुहुनेछ भन्ने मैले पूर्ण विश्वास लिएको छु ।’

२१ माघमा उद्घाटन हुन लागेको विराट क्यान्सर इन्स्टिच्युटलाई उनले शुभकामना पनि दिए । मेयर कोइरालाले त्यो भेगका क्यान्सरका बिरामीहरुको नियमित रुपमा उपचार गर्ने, सँगसँगै सचेतना फैलाउने र क्यान्सर हुनुभन्दा अगाडि देखिने लक्षणहरुका बारेमा जानकारी दिनुपर्नेमा जोड दिए । ‘जसलाई न्यूनीकरण गर्दा क्यान्सरको रोकथाम गर्न सकिन्छ त्यो तर्फ उन्मुख रहोस् भनेर शुभकामना छ,’ उनले भने ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ