२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १न्यूरोको दुई दिने स्वास्थ्य शिविरमा १ हजार बढीको स्वास्थ्य जाँच

न्यूरोको दुई दिने स्वास्थ्य शिविरमा १ हजार बढीको स्वास्थ्य जाँच


विराटनगर–विराटनगरस्थित न्यूरो हस्पिटलले दुई दिने वृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । सिराहाको सुखीपुर नगरपालिका-८ स्थित जन जागृति युवा क्लब तथा सुखीपर उधोग व्यापार समितिको प्रांगणमा वृहत स्वास्थ्य शिविर आयोजना गरेको हो ।

सुखीपुर नगरपालिका सिराहा, जन जागृति युवा क्लब, सुखीपुर उद्योग व्यापार समितिको संयुक्त आयोजनामा शिविर भएको थियो । शिविरमा १ हजार १९ जना बिरामीले स्वास्थ्य परीक्षण गरेको कार्यक्रम संयोजक सुवास अधिकारीले जानकारी दिए ।

शिविरमा न्यूरो हस्पिटलका विशेषज्ञ १५ जना चिकित्सकहरुले स्वास्थ्य शिविरमा बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए । अस्पतालका वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. रन्जन थापा, वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. अमित देव, वरिष्ठ रेडियोलोजिष्ट डा. निरज रेग्मी, विशेषज्ञ न्युरोलोजिष्ट डा. सुनन्द पौडेल , विशेषज्ञ न्युरो सर्जन डा. आशिषजंग थापा, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. निशा अधिकारी, छाला रोग विशेषज्ञ डा. रिचा शर्मा, आपत्तकालीन सेव ाचिकित्सक डा. दिलकुमार लिम्बु, विशेषज्ञ कार्डियोलोजिष्ट डा. राजन कर्ण, वरिष्ठ दन्त रोग विशेषज्ञ डा. अमितप्रताप साह, फिजियोथेरापिस्ट डा. नवीन चौधरी, मेडिकल अफिसरहरु डा. स्वीटी यादव, डा.आकाश दास, डा. अख्लख अन्सारीलगायतले बिरामीको स्वास्थ्य जाँच गरेका थिए ।

एउटै छानामुनि न्यूरो अस्पतालका विशेषज्ञ चिकित्सकहरुले स्थानीयस्तरमा बिरामीलाई स्वास्थ्य उपचार गरेपछि स्थानीय दंग देखिन्थे । स्वास्थ्य जाँच गरिएको बिरामीको चिकित्सकको सिफारिसअनुसार निःशुल्क सुगर परीक्षण, इसिजी, अल्ट्रासाउण्ड, इईजी, एनसीभी, बिएमडी जाँच गरिएको थियो । शिविरमा पोषण सम्बन्धी परामर्शसमेत दिइएको थियो ।

त्यसैगरी, शिविरमा आएका बिरामीलाई आवश्यक पर्ने औषधी पनि निःशुल्क वितरण गरिएको थियो । न्यूरो अस्पतालले कोशी प्रदेश र मधेश प्रदेशका विभिन्न स्थानमा गई विभिन्न उपकरण सहित निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ