२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पताल कर्मचारी युनियनको अध्यक्षमा डा. रोशन

कोशी अस्पताल कर्मचारी युनियनको अध्यक्षमा डा. रोशन


विराटनगर—कोशी अस्पताल विकास समिति कर्मचारी युनियन इकाईको अध्यक्षमा डा. रोशन खड्का निर्वाचित भएका छन् । मंगलबार विराटनगरमा भएको इकाईको दोस्रो अधिवेशनमा उमेशकुमार यादवलाई भारी मतान्तरले हराउँदै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् ।

मत परिमाणअनुसार खड्काले २ सय १८ मत ल्याएर अध्यक्षमा निर्वाचत हुँदा उनका प्रतिस्पर्धी उमेशकुमार यादवले ३५ मत मात्र पाए । उपाध्यक्षमा इन्दिरा भण्डारी १ सय ३५ मत ल्याएर निर्वाचित भइन् । उनकी प्रतिस्पर्धी रेजिना राईले १ सय १६ मत पाइन् ।

सचिवमा आनन्दकुमार सरदारले १ सय २६ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी सुनिल कामतले १ सय ८ मत ल्याए । सह–सचिवमा ओमप्रकाश यादवले १ सय ३८ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धीले पर्वत कार्कीले १ सय ७ मत पाए । कोषाध्यक्षमा चन्दन यादवले १ सय ४३ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी विष्णुप्रसाद शर्माले १ सय ३ मत ल्याए ।

यसैगरी, सदस्यहरूमा विधालक्ष्मी सुवेदीले १ सय ४८, डा. भुपेशमान राजभण्डारीले २ सय ४, बावुराम गौतमलले १ सय ७०, रमेशकुमार राजवंशीले १ सय ५४, जितनारायाण चौधरीले १ सय ५५, विजय डोमले १ सय ४०, सुवास निरौलाले १ सय ५९, सविना चौधरीले १ सय ८१, मोहन प्रसाद पौडेलले १ सय ५२, अनिल कुमार झाले १ सय ३६, चन्देश्वर साहले १ सय ५३, यशोदा तामाङले १ सय ५०, गंगा देवी कर्कीले १ सय ५६ मत ल्याएर निर्वाचित भए ।

कोशी अस्पताल विकास समिति कर्मचारी युनियन इकाईमा ३ सय ३० जना मतदाता आवद्ध रहेका छन् । ३ सय ३० मा २ सय ७३ मत खसेको थियो । कोशी अस्पताल विकास समितिले नियुक्त गरेको कर्मचारीहरु इकामा आवद्ध रहेका छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ