२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटले क्यान्सरविरुद्ध जनचेतना जोगाउने ‘आशा’ कार्यक्रम गर्दै, एकै दिन १५ कार्यक्रम हुने

विराटले क्यान्सरविरुद्ध जनचेतना जोगाउने ‘आशा’ कार्यक्रम गर्दै, एकै दिन १५ कार्यक्रम हुने


विराटनगर—मोरङको बुढीगंगा–२ टंकीसिनुवारीमा रहेको रेवन्त रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले क्यान्सर विरुद्धको सचेतनामूलक कार्यक्रम गर्ने भएको छ । बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी २१ माघमा विश्व क्यान्सर दिवसको अवसरमा १५ वटाभन्दा बढी जनचेतनामूलक ‘आशा क्लोज द केयर ग्याप’ कार्यक्रम गर्ने जानकारी गराइएको हो ।

उपचारको पहुँचको दूरीलाई घटाउँदै लैजाने संकल्पसहित बिरामीको उपचार सहयोगार्थ समेत कार्यक्रम गर्न लागिएको विराट क्यान्सर इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा. निकिता कार्कीले जानकारी दिए । आम जनमानसमा क्यान्सर सम्बन्धि जनचेतना ब्यापक रुपमा फैलाउने उद्देश्यका साथ फरक तथा पृथक १५ वटाभन्दा बढी कार्यक्रम एकै थलोमा एकै दिन सम्पन्न गर्ने उनले जानकारी दिए । ‘आशा क्लोज द केयर ग्याप अर्थात क्यान्सरको उपचारको पहुँचको दूरीलाई बन्द गरौं’ भन्ने नारासहित कार्यक्रम गर्न लागिएको उनले बताए ।

कार्यक्रमअन्तर्गत रेवन्त–रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले स्कुल र्‍याली, साइकल र्‍याली, स्कुटर र्‍याली, कार र्‍याली, म्याराथन, मेडिटेसन, मास कार्डियो, क्यान्सर जित्नेहरुको सफलताको कथा, क्यान्सर रोग विशेषज्ञहरुद्वारा जनचेतना सम्बन्धि प्रस्तुती, स्कुलका विद्यार्थी बालबालिकाहरुद्वारा प्रतिभा प्रस्तुती, सांगीतिक कार्यक्रमजस्ता विभिन्न सचेतनामूलक कार्यक्रम हुने उनले बताए । गायक सविन राईको पनि सांगीतिक कार्यक्रम हुनेछ । कार्यक्रमा महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको पनि सहभागी हुनेछन् ।

कार्यक्रमबाट संकलन भएको रकम विराट क्यान्सर इन्स्टिच्युटमा उपचारार्थ बिरामीहरुलाई दिने निर्णय गरेको उनले बताए । ‘क्यान्सरसँग लडिरहेका बिरामी जसले बाँचेर जीवनमा केही गर्छु भनी संघर्ष गरिरहेका बिरामीलाई सहयोग गर्ने निर्णयका साथ अगाडि बढेको हो,’ उनले भने, ‘यस सचेतानामूलक कार्यक्रमबाट संकलन भएको रकम १५ जना बढी क्यान्सरका बिरामीको उपचारमा सहयोग गरिने पवित्र लक्ष्य बोकेर गर्न लागेको कार्यक्रम हो । अहिले मनकारी व्यक्ति, संघसंस्था र उद्योगहरुले साथ सहयोग पनि गर्दै आएका छन् ।’

आर्थिक रुपमा विपन्न र क्यान्सरको उपचार गर्न नसक्ने बिरामीको सम्पूर्ण उपचार हुने बताइएको छ । अहिले एक जनाको उपचार भइरहेको उनले बताए । ‘अहिलेसम्म ६५ जनाको स्पोन्सर आएका छन् । बिहीबारसम्म ६५ लाख रुपैयाँ संकलन भइसकेको छ । यो अभियानमा धेरै मानिसहरुको साथ र सहयोग भएको छ,’ उनले भने ।

पाँच जनामा एक जनालाई क्यान्सर लाग्ने गरेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले गरेको अनुसन्धानले देखाएको छ । ‘त्यो क्यान्सर लाग्नेमध्ये एक जनाले ज्यान गुमाएका छन् । संसारमा १ करोड मानिसलाई क्यान्सर छ । अहिले गरिब मुलकहरुमा क्यान्सर बढी लागेको छ । क्यान्सरको रोकथाम र नियन्त्रणको लागि सचेतना कार्यक्रम गर्न लागिएको हो,’ डा. कार्कीले भने, ‘क्यान्सर रोग लागेपनि जित्न सकिन्छ भन्ने उद्देश्य र बुझाउन कार्यक्रम गरिएको हो ।’

कार्यक्रमका लागि रोटरी क्लब, राउन टेबल, स्टन मोर्डसलगायतका विभिन्न संघसंस्थासँग सहकार्य गरिएको छ ।

आशा कार्यक्रमका दिन संघीय सांसद डा.शेखर कोइराला, मुख्यमन्त्री केदार कार्कीले रेवन्त–रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युट भवनको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । यो हस्पिटल विगत ८ महिनादेखि संचालनमा रहेको छ । औपचारिक उद्घाटन बिहीबार हुने भएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ