२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी प्रदेशको स्वास्थ्यमन्त्रीमा सुनुवार नियुक्त, हृदयरोग केन्द्रको लागि संघसँग मुटु रोग विशेषज्ञ माग गर्ने निर्णय

कोशी प्रदेशको स्वास्थ्यमन्त्रीमा सुनुवार नियुक्त, हृदयरोग केन्द्रको लागि संघसँग मुटु रोग विशेषज्ञ माग गर्ने निर्णय


विराटनगर-कोशी प्रदेशको स्वास्थ्यमन्त्रीमा कांग्रेसबाट ओखलढुंगाका प्रदीप सुनुवार नियुक्त भएका छन् । शुक्रबार मुख्यमन्त्री केदार कार्कीले सुनुवारलाई स्वास्थ्यमन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त स्वास्थ्यमन्त्री सुनुवारसहित कोशी प्रदेशमा थप ४ मन्त्री र दुई जना राज्यमन्त्री नियुक्त भएका छन् ।

जसमा उद्योग कृषि तथा सहकारी मन्त्रीमा रामकुमार खत्री, खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयमा नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्रीमा राजेन्द्र कार्की, आर्थिक मामिला तथा योजना मन्त्रालय राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानून मन्त्रालयको राज्यमन्त्रीमा सुनिताकुमारी गुरुङ (राम) रहेका छन् ।

शुक्रबार कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।

स्वास्थ्यमन्त्री सुनुवारले शुक्रबार साँझ मन्त्रालयमा पदभार ग्रहण गरेका छन्। उनले मन्त्रालयमा पुगेर मुटु रोग विशेषज्ञ माग गर्ने निर्णय गरेका छन् ।

शैलजा आचार्य हृदय रोग केन्द्रलाई सहज ढंगबाट संचालन र व्यवस्थापन गर्न जनशक्तिको अभाव भए पनि संचालन हुँदै आएकोमा दीर्घालीन रुपमा पदपूर्ति गर्न समय लाग्ने भएकोले सो अवधिसम्मका लागि संघीय सरकारबाट छात्रवृति करारका हृदय रोग विशेषज्ञ माग गर्ने निर्णय गरेका हुन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ