२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मकालु एभरेष्ट हस्पिटलमा मस्तिष्कमा जमेको पानी निकालियो, ७५ वर्षीय बिरामीको सफल उपचार

मकालु एभरेष्ट हस्पिटलमा मस्तिष्कमा जमेको पानी निकालियो, ७५ वर्षीय बिरामीको सफल उपचार


विराटनगर—विराटनगरस्थित मकालु एभरेष्ट हस्पिटलमा मस्तिष्कमा पानी जमेको एक जना बिरामीको सफल उपचार भएको छ । भारतको फारवीजगन्ज घर भएका ७५ वर्षीय प्रदीप मिश्राको मकालु एभरेष्ट हस्पिटलमा सफल उपचार भएको हो ।

मस्तिष्कमा पानी जमेका कारण मिश्रा लामो समयदेखि थला परेका थिए । उनको पिसाब चुहिने, हिड्डुल गर्न नसक्ने र बोलेको बिर्सने समस्याले पीडित थिए ।

उपचारमा संलग्न फिजिसियन डा. दीपक सिग्देलले न्यूरो सर्जन डा. चन्द्रप्रकाश यादवसँग थप उपचारको लागि पठाइदिए । त्यसपछि डा. यादवले मकालु एभरेष्ट हस्पिटलमा मिश्राको मस्तिष्कमा जमेको पानी शुक्रबार ‘भीपी’ सर्जरी गरेर सफल उपचार गरेका हुन् ।

डा. यादव बिरामीको उपचारबारे जानकारी दिदैं ।

‘बिरामीको मस्तिष्कमा धेरै पानी जमेको थियो । मेडिकल भाषामा यसलाई एनपीएच अर्थात नर्मल प्रेसर हाइडोसिफ्लाक्स भनिन्छ । यसले गर्दा बिरामीलाई हिड्डुल गर्न समस्या हुन्छ । बिरामी हस्पिटल आएपछि हामीले टाउँको सानो प्वाँल बनाएर शल्यक्रिया गरेका हौं,’ डा. यादवले भने, ‘उपचार सफल भएपछि बिरामी अहिले डिस्चार्ज हुनुभएको छ ।’ ब्रेनमा इन्फेक्सनको कारणले पनि बिरामीलाई यस्तो समस्या देखा पर्ने उनले बताए ।

गत बिहीबार अस्पताल भर्ना भएका मिश्राको शुक्रबार डा. यादवसहितको टिमले शल्यक्रिया गरेको थियो । त्यसपछि मंगलबार मिश्राको डिस्चार्ज भएको छ । डिस्चार्जपछि बिरामीकी भान्जी गीता शर्मा अधिकारीले मामाको सफल उपचार भएकोमा खुसी व्यक्त गरिन् ।

‘मामा बिरामी भएपछि थला पर्नु भएको थियो । बोलेको कुरा भुल्ने गर्नुहुन्थ्यो । उपचारपछि अहिले मज्जासँग हिड्डुल गर्न सक्ने हुनुभएको छ । उपचारमा संलग्न चिकित्कसप्रति आभारी छु,’ उनले भनिन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ