२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १सुनसरीको इनरुवाको अजय राज हस्पिटलमा बिरामीलाई निःशुल्क एम्बुलेन्स

सुनसरीको इनरुवाको अजय राज हस्पिटलमा बिरामीलाई निःशुल्क एम्बुलेन्स


विराटनगर—सुनसरीको इनरुवामा रहेको अजयराज हस्पिटल एण्ड क्यान्सर सेन्टर प्रालिले बिरामीहरूलाई निःशुल्क एम्बुलेन्स सेवा सुरू गरेको छ । हस्पिटलमा उपचार गर्न आउने बिरामीहरूको लागि अस्पतालले निःशुल्क एम्बुलेन्स सेवा दिन सुरू गरेको हो ।

बिरामीहरूको सहजताको लागि अस्पतालले एम्बुलेन्स सेवा निःशुल्क गरेको अस्पतालका संचालक अजय यादवले बताए ।

‘अस्पतालमा टाढादेखि बिरामी आउने गर्दछन् । यहाँ आउने बिरामीको सहजताको लागि हामीले एम्बुलेन्स सेवा निःशुल्क दिने घोषणा गरिएको हो,’ उनले भने, ‘जति पनि यो हस्पिटलमा आउने बिरामीलाई एम्बुलेन्स आवश्यक परे हामी बिरामीलाई राखेर गन्तब्यसम्म निःशुल्क पु¥याउने भएका छौं ।’

५० शैय्याको अजय राज हस्पिटल एण्ड क्यान्सर सेन्टर प्रालिमा सम्पूर्ण उपचार सेवा विशेषज्ञ चिकित्सकहरूबाट हुँदै आएको जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ