२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १नर्सिङ अध्ययनरत छात्रामाथि दुर्व्यवहार गर्ने होस्टेल संचालक मधु रेग्मी ४१ हजार धरौटी बुझाएर रिहा

नर्सिङ अध्ययनरत छात्रामाथि दुर्व्यवहार गर्ने होस्टेल संचालक मधु रेग्मी ४१ हजार धरौटी बुझाएर रिहा


विराटनगर – नर्सिङमा अध्ययनरत छात्रालाई कुटपिट गर्दै दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी विराटनगर — ८ मधुमारास्थित मुनलाइट गर्ल्स होस्टेलकी सन्चालक ५० वर्षीया मधु रेग्मी ४१ हजार रुपैयाँ धरौटी रकम बुझाएर रिहा भएकी छिन् ।

अभद्र व्यर्वहार मुद्दामा पक्राउ परेकी रेग्मीलाई जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको इजलाशले ४१ हजार रुपैयाँ धरौटी तोकेको थियो । मंगलबार प्रशासनले तोकेको धरौटी रकम बुझाएर  रिहा भएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साहले जानकारी दिए ।

विराटनगर नर्सिङ क्याम्पसमा बीएनएस र बीएस्सी नर्सिङमा अध्ययनरत तीन जना छात्रामाथि हातपात गर्दै दुर्व्यवहार गरेको आरोपमा रेग्मी गत बुधबार पक्राउ परेकी थिइन् । मोरङ प्रहरीले पक्राउ परेपछि उनलाई अभद्र व्यवहारको मुद्दमा म्याद थप गरी अनुसन्धान सुरु गरेको थियो । उनी पक्राउ परेलगतै बिरामी भएको भन्दै अस्पताल भर्ना भएकी थिइन् । प्रहरीले अनुसन्धान पूरा गरेपछि मंगलबार मोरङ प्रशासनमा अभियोग बुझाएको थियो ।

मंगलबार साँझ रेग्मीले तीन जना छात्रामाथि होस्टेलको कोठाभित्र हातपात गर्दै रेग्मीले दुर्व्यवहार गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो । त्यसपछि पीडित छात्राले उजुरी दिएपछि उनी पक्राउ परेकी थइन् ।

होस्टेलमा बसिरहेका विद्यार्थीहरुले अग्रिम रकम दिन नमानेपछि रेग्मीले विद्यार्थीहरुका सामान कोठाबाट बाहिर फ्याँक्दै हातपातसमेत गरेकी थिइन् । दुर्व्यवहारमा परेका विराटनगर नर्सिङ क्याम्पस पहिलो वर्षमा भर्ना भएका जुम्ला, पाल्पा र कन्चनपुर घर भएका विद्यार्थी हुन् । उनीहरु उक्त होस्टेलमा ३ फागुनदेखि बसिरहेका थिए । उनीहरुले ३ चैतसम्मका लागि अग्रिम ८ हजार रुपैयाँ बुझाएका थिए ।

कलेजकै होस्टेलमा बस्नेहरुको सूचीमा भर्खरै उनीहरुको पनि नाम निस्किएको थियो । उनीहरू बुधबारदेखि कलेजको होस्टेलमा बस्ने तयारी गरेका थिए । त्यसैले उनीहरु मुनलाइट गर्ल्स होस्टल छाडेर कलेजकै होस्टेलमा सर्ने तयारीमा थिए । ३ चैतसम्मको पैसा तिरिसकेको र त्यसअघि नै कलेजको होस्टलमा जाने बताउँदा बताउँदै पनि होस्टेल सञ्चालक मधुले ती विद्यार्थीसँग एडभान्स भन्दै थप तीन—तीन हजार रुपैयाँ मागेपछि उनीहरुले रकम नदिने बताएका थिए । त्यसपछि होस्टेल सञ्चालकले हातपात गरेकी थिइन् । मधुले हातपात गरेपछि आत्तिएका विद्यार्थीहरुले कलेजमा सम्पर्क गरेका थिए । त्यसपछि मंगलबार राति नै कलेज प्रशासनले ती विद्यार्थीहरुलाई आफ्नै होस्टलमा ल्याएर राखेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ