२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विश्व मुख स्वास्थ्य दिवसमा विराटनगरमा प्रभातफेरी

विश्व मुख स्वास्थ्य दिवसमा विराटनगरमा प्रभातफेरी


विराटनगर—विश्व मुख स्वास्थ्य दिवसको अवसर पारेर विराटनगरमा सचेतनामूलक प्रभातफेरी निकालिएको छ । बुधबार विहान नेपाल डेन्टल एसोसिएसन मोरङले विराटनगरमा प्रभातफेरी निकालेको हो ।

डेन्टल एसोसिएसनले मुखलाई स्वास्थ्य जागरुकता फैलाउने उद्देश्यले सचेतनामूलक प्रभातफेरी निकालिएको नेपाल डेन्टल एसोसिएसन मोरङका महासचिव डा. विवेककुमार महतोले जानकारी दिए । विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय अगाडिदेखि सुरु भएको र्‍यालीले नगरेको विभिन्न भाग परिक्रमा गरी सोही स्थानमा आएर सम्पन्न भएको थियो ।

यसैगरी, एक हप्तादेखि बेस्ट स्माइल प्रतियोगिता आयोजना गरिएको छ । बुधबार विजेतालाई पुरस्कार दिइनेछ । यसैगरी, दन्त शिविर पनि आयोजना गरिने भएको छ । विराटनगरस्थित मानव सेवा आश्रममा दन्त शिविर आयोजना गरिने डा. महतोले बताए ।

‘मुख स्वास्थ्यलाई ख्याल गरौं । ६ –६ महिनामा दातलाई चेकअप गरौं । यसो गर्दा स्वास्थ्य राख्न सकिन्छ,’ डा. महतोले भने ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ