२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १न्यूरो हस्पिटलले ‘वर्ल्ड पर्पल डे’ मनाउने, सचेतनासँगै स्वास्थ्य उपचारमा सहुलियत दिने

न्यूरो हस्पिटलले ‘वर्ल्ड पर्पल डे’ मनाउने, सचेतनासँगै स्वास्थ्य उपचारमा सहुलियत दिने


विराटनगर—विराटनगरस्थित न्यूरो हस्पिटलले ‘वर्ल्ड पर्पल डे’ मनाउने भएको छ । १३ चैतमा पर्ने ‘वर्ल्ड पर्पल डे’ विभिन्न कार्यक्रम आयोजना गरी मनाउने शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

‘वर्ल्ड पर्पल डे’ मा सचेतनामूलकसँगै हस्पिटलले प्रदान गर्ने उपचारमा पनि सहुलियत दिने भएको छ । शुक्रबार ‘वर्ल्ड पर्पल डे’को अवसरमा पारेर छारेरोग सम्बन्धी निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो ।

१३ चैतमा सचेतनामूलक प्रभातफेरी आयोजना गरिने भएको हस्पिटलको आउटरिच विभागका भारत श्रेष्ठले जानकारी दिए । उनकाअनुसार विहान साढे ७ बजे न्यूरो हस्पिटलबाट सुरू हुने प्रभातफेरी नगरको विभिन्न भाग परिक्रमा गरी लर्ड वुद्ध कलेजमा गएर सम्पन्न हुनेछ ।

यसैगरी, ११ देखि १६ चैतसम्म ओपीडी सेवा पनि निःशुल्क हुनेछ । ओपीडिमा चिकित्सकले जाँच गरेपछि ल्याब परीक्षणमा पनि छुट दिएको हस्पिटलले जनाएको छ । ‘वर्ल्ड पर्पल डे’ मनाउनको लागि न्यूरोले एनसेलसँग सहकार्य गरेको छ ।

प्रत्येक एक सय जनामा एक जनामा छारे रोग लाग्ने गरेको विभिन्न तथ्याकहरुले देखाएको छ । हस्पिटल स्थापना भएपछि न्यूरोमा हालसम्म २५ हजारभन्दा बढी छारेरोगका बिरामीको सफल उपचार गरेको छ जनाएको छ । अहिले पनि करिब ३ हजार बिरामी नियमित उपचारको क्रममा रहेका छन् ।

न्यूरोमा छारे रोगको उपचारको लागि भरपर्दो रहेको हस्पिटलका वरिष्ठ न्यूरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्टले बताए । अस्पतालमा छारे रोगको उपचार प्रक्रियाको लागि चाहिने सम्पूर्ण उपकरण तथा दक्ष टिम रहेको उनले बताए । नियमित उपचार र औषधी सेवनले छारे रोग निको हुने पनि उनले बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ