२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी प्रदेशमा स्वास्थ्य बीमाबाट सेवा लिने ११ लाख

कोशी प्रदेशमा स्वास्थ्य बीमाबाट सेवा लिने ११ लाख


विराटनगर—कोशी प्रदेशमा स्वास्थ्य बीमाबाट सेवा लिने सेवाग्राहीको संख्या ४८ प्रतिशत रहेको पाइएको छ । आर्थिक वर्ष २०७९/८० मा ११ लाख ३ हजार ४३४ जनाले स्वास्थ्य बीमाबाट उपचार सेवा लिएको स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशले जानकारी दिएको छ ।

कोशी प्रदेशमा ४ लाख ४४ हजार ९११ कुल बिमित परिवारमध्ये बिमितको जनसंख्या २३ लाख ९ हजार ८५५ छ । कोशीमा स्वास्थ्य बीमा नवीकरण ७७.२९ प्रतिशत रहेको छ ।

कोशी प्रदेशमा आर्थिक विपन्न बिमितको जनसंख्या २९ हजार ५८४, ज्येष्ठ नागरिक बिमित संख्या २ लाख २३ हजार ५०८, एचआईभी संक्रमित बिमित ४ हजार ६३, अति अशक्त अपाङ्गत बीमित ४२ हजार ५६३, कुष्ठरोग संक्रमित बिमित ९८८ परिवारका सदस्य, महिला स्वास्थ्य स्वयंसेविका बिमित २६ हजार २४४ परिवारका सदस्य रहेको स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशका प्रमुख अर्जुन पण्डितले जानकारी दिए ।

स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशअन्तर्गत सरकारी ८०, सामुदायिक चार र निजी २२ गरी जम्मा १ सय ६ वटा स्वास्थ्य सेवा प्रदायक संस्थाहरु सूचीकृत छन् ।

२५ चैत २०७२ मा कैलाली जिल्लाबाट औपचारिक रुपमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको हो । हालसम्म यो कार्यक्रम ७७ वटै जिल्लामा विस्तार भएको छ । हालसम्म देशभरमा ७७ लाख ४१ हजार ४५३ जना नागरिकले स्वास्थ्य बीमामा आवद्ध छन् ।

स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशले आठौं स्वास्थ्य बीमा दिवसको अवसर पारेर विराटनगरमा आइतबार स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचका लागि स्वास्थ्य बीमा नामक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बोल्दै स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशका प्रमुख पण्डितले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यन्वयन गरेर अगाडि बढ्नुपर्ने बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ