२०८३ कात्तिक ३, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश १ ∕ कोशीकी पूर्व स्वास्थ्यमन्त्री निर्मला लिम्बु अशोक राईको पार्टीमा

कोशीकी पूर्व स्वास्थ्यमन्त्री निर्मला लिम्बु अशोक राईको पार्टीमा


विराटनगर—कोशी प्रदेशकी पूर्व स्वास्थ्यमन्त्री निर्मला लिम्बुले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी रोजेकी छिन् । कोशी प्रदेशसभामा जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित सांसद निर्मलाले जनता समाजवादी पार्टी रोजेकी हुन् ।

जसपा नेपाल विभाजित भएपछि उक्त दलबाट निर्वाचित जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले समय दिएको थियो । मंगलबार लिम्बुले विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा गई आफू अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा रहने भनी सनाखत गरेकी हुन् ।

लिम्बुले आफूले दल विभाजन भएपछि राई नेतृत्वको जसपा रोजेको बताइन् । कोशी प्रदेशसभामा जसपा नेपालबाट लिम्बु एकमात्र सांसद थिइन् । उनले जसपा रोजेपछि उपेन्द्र यादव नेतृत्वको पार्टीको कोशी प्रदेशसभामा उपस्थिती शुन्य भएको छ । उनी कोशी प्रदेशको दुई पटक स्वास्थ्य मन्त्री भएकी थिइन् ।

२०६९ पुस २५ गते पहिलो पटक भएकी थिइन् । त्यसबेला हिक्मत कार्कीको नेतृत्वमा सरकार भएको बेला लिम्बु स्वास्थ्य मन्त्री भएकी थिइन् । त्यसपछि २०८० साउन २६ गते दोस्रो पटक स्वास्थ्य मन्त्री भएकी थिइन । दोस्रो पटक उद्धव थापाको नेतृत्वमा सरकार हुँदा उनी स्वास्थ्य मन्त्री भएकी थिइन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ