२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १वरिष्ठ न्यूरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्ट सम्मानित

वरिष्ठ न्यूरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्ट सम्मानित


विराटनगर—विराटनगरस्थित न्युरो अस्पतालका अध्यक्ष तथा वरिष्ठ न्युरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्ट सम्मानित भएका छन् । नेपाल स्नायु विज्ञान प्रतिष्ठान (एनएएन) आयोजनामा अन्तर्राष्ट्रिय सम्मेलनमा डा. विष्टलाई न्युरोलोजीको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो ।

नेपालमा न्युरोलोजी विधाको सुरुवात तथा चौतर्फी विकासको निम्ति सुरुका दिनदेखि हालसम्म अमुल्य योगदान पु¥याएको भन्दै उक्त संस्थाले सम्मान गरेको छ ।

वरिष्ठ न्यूरोलोजिष्ट डा. विष्टलाई कार्यक्रमका प्रमुख अतिथी उपराष्ट्रपति रामसहाय यादवले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे ।

बेलायतबाट आफनो अध्ययन पूरा गर्नु भएका डा. विष्टले सन् २००० मा नेपालमै पहिलो पटक विराटनगरमा १० शैय्याको न्यूरो डाइग्नोष्टिक एण्ड रिसर्च सेन्टरबाट सुरु गरिएको हस्पिटल हाल न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलको रुपमा विकसित भएको छ । अहिले न्यूरो सुपरस्पेशियालटी हस्पिटलको रुपमा स्थापित भइसकेकोे छ ।

सम्मान कार्यक्रममा बोल्दै डा. विष्टले दत्तचित्त भएर निरन्तर सेवा गर्दै जाँदा समाजले, राष्ट्रले अवश्य पनि मुल्याकंन गर्दो रहेछ भन्ने कुरा महसुस भएको बताए । उनले सम्मान पश्चात थप जिम्मेवारीबोध भएको बताए । उनले बेलायतबाट फर्केर आफू जन्मेकै ठाउँ विराटनगर फर्केर न्युरोलोजी सेवा सुरु गरेको बताए । सुरुवाती दिनको मात्र नभई स्वास्थ्य क्षेत्रमा कार्य गर्दा हरेक पाइलामा जोखिम तथा कठिनाइहरु भएतापनि सेवा भावसहित कार्य गर्दा आत्म सन्तुष्टि पाइने उनको भनाइ छ ।

विराटनगरमा न्युरोलोजीको सेवा प्रदान गर्दै गर्दा धेरै बिरामीहरु न्युरो सर्जरीको र एउटा एमआरआई जाँचको लागि काठमाडौं त्यसैगरी भारतको सिलुगुडीलगायतका ठाउँहरुमा जानु पर्ने बाध्यता थियो । डा. विष्टले यो बाध्यताको अन्त्य गर्ने निर्णय गर्दै सन् २०१० मा आफ्नै अस्पतालमा न्युरो सर्जरी सेवाको सुरुवात गरे । दुई वर्षपछि एमआरआई जाँच सेवाको पनि सुरुवात गरेका छन् ।

यसअघि विष्ट सुप्रबल जनसेवाश्रीबाट पनि विभूषित भइसकेका छन् । त्यसका साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरुबाट पनि सम्मानित भएका छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ