२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रवक्तामा प्रधान र सह-प्रवक्तामा डा. कुमार

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रवक्तामा प्रधान र सह-प्रवक्तामा डा. कुमार


काठमाडौं—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रवक्तामा डा. अन्जु प्रधान नियुक्त भएकी छन् । १७ जेठबाट लागु हुने गरी डा. प्रधान प्रवक्तामा नियुक्त भएकी हुन् ।

डा. प्रधान प्याथोलोजी विभागकी एडिसनल प्रोफेसर हुन् ।

यस्तै, प्रतिष्ठान सह(प्रवक्तामा डा.अभिजित कुमार नियुक्त भएका छन् । उनी सर्जरी विभागका एसिस्टेन्ट प्रोफेसर हुन् ।

उनीहरु दुवै जनाको कार्यकाल दुई वर्षको हुनेछ ।

यसअघि प्रतिष्ठानको प्रवक्तामा स्कूल अफ पब्लिक हेल्थ तथा कम्यूनिटी मेडिसिन विभागका चिफ प्रा.डा.पारस पोखरेल थिए भने सह(प्रवक्तामा पेडियाट्रिक्स विभागका एसिस्टेन्ट प्रोफेसर डा.अरुण कुमार सिंह रहेका थिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ