२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १लाइफगार्ड हस्पिटलले भन्यो, ‘स्वास्थ्य बीमाको नीति, नियमअनुसार नै सेवा दिएका छौं’

लाइफगार्ड हस्पिटलले भन्यो, ‘स्वास्थ्य बीमाको नीति, नियमअनुसार नै सेवा दिएका छौं’


विराटनगर—विराटनगर—५ स्थित लाइफ गार्ड हस्पिटलले स्वास्थ्य बीमाको नीति, नियमअनुसार नै गुणस्तरीय उपचार सेवा बिरामीलाई प्रदान गर्दै आएको दाबी गरेको छ । हस्पिटलका अध्यक्ष डा. एकबाल अहमदले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो दाबी गरेका हुन् ।

‘लाइफगार्डले स्वास्थ्य बीमा कार्यक्रम गर्दै आएको सर्वविदितै छ । २५ जेष्ठ २०८१ ग्ते लाइफगार्ड हस्पिटलले प्रदान गर्दै आएको स्वास्थ्य बीमा कार्यक्रमको विषयमा विभिन्न संचार माध्यमहरुमा प्रकाशित भएको समाचारप्रति यस हस्पिटललको गम्भीर ध्यानकर्षण भएको छ,’ अस्पतालले भनेको छ, ‘हस्पिटलबाट प्रदान गर्दै आएको स्वास्थ्य बीमाअन्तर्गत स्वास्थ्य बीमा कार्यक्रमहरु सुरुवातदेखि स्वास्थ्य बीमाको नीति, नियमअनुसार नै बिरामीलाई छिटो र छिरतो तथा गुणस्तरीय सेवा प्रदान गर्दै आएको छौं ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ