२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालमा १०० शैय्याको वर्थिङ सेन्टर सञ्चालनमा आउने

कोशी अस्पतालमा १०० शैय्याको वर्थिङ सेन्टर सञ्चालनमा आउने


विराटनगर— कोशी अञ्चल अस्पताल विराटनगरमा सय शैय्याको वर्थिङ सेन्टर सञ्चालनमा आउने भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा.गुणराज लोहनीले केही समयभित्र एक सय शैय्याको वर्थिङ्ग सेन्टर सञ्चालन गर्ने जानकारी दिए ।

आगामी दुई वर्षभित्र अस्पतालले राष्ट्रियस्तरको गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने बताउँदै लोहनीले त्यसअनुसार पूर्वाधार पनि विकास गर्ने बताए ।

स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महासंघ काठमाडौंले आइतबार आयोजना गरेको प्रदेशस्तरीय नर्सिङ मिडवाइफ्री सेवा सम्वन्धी नीति तथा सम्वाद कार्यक्रमका सहभागी डा. लोहोनीले सो कुरा बताएका हुन् । उनले नर्सिङ सेवा स्वास्थ्यको मेरुदण्ड भएकोले गुणस्तरीय हुनु आवश्यक रहेको कार्यक्रमका सहभागीले बताएका छन् ।

कार्यक्रममा सहभागीहरुले नर्सिङ सेवा स्वास्थ्यको मेरुदण्ड भएकोले गुणस्तरीय हुनु आवश्यक रहेको उनीहरुको भनाइ थियो । नवजात शिशु र आमा मृत्यु दर घटाउन र साधारण प्रसुतीको दर वृद्विका लागि नर्सिङ सेवालाई मिडवाइफ्री सम्बन्धि विशेष तालिम दिनुपर्नेमा सहभागीले जोड दिए । हरिनगरा गाउँपालिकाका प्रमुख गफ्फार अन्सारीले महिलालाई गर्भवती भएदेखि नै पोषणसहितको स्वास्थ्य सेवा उपलव्ध गराउँदै आएको बताए ।

कार्यक्रममा स्वास्थ्य कार्यालयका धनकुटाका निर्देशक चन्द्रदेव मेहता, प्रदेश स्वास्थ्य सेवा प्रमुख सुरेश मेहता, अमृता पहाडी, बाला राई, रोशनी लक्ष्मी तइतुई, कविता पाण्डे, कृष्णप्रसाद भण्डारी र पदम सरदारले मिडवाइफ्रीमा लगानी गरेमा समुदायमा १६ गुणा प्रतिफल प्राप्त हुने धारणा व्यक्त गरे । नेपालमा मिडवाइफ्री सम्बन्धि स्नातकोत्तर तहमा तीन विश्वविद्यालयले तीन स्थानमा विगत तीन वर्षदेखि अध्यापन गर्दै आएको बताइएको छ ।

हाल नेपालमा ८९ हजार ८४५ नर्सिङ अनमी दर्ता रहेका छन् । नेपालमा १ सय ८९ शिक्षण संस्थाबाट प्रतिवर्ष ४ हजार ७ सय नर्सिङ र एक हजार अनमी उत्पादन भइरहेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ