२०८१ चैत्र ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालको स्त्री विभागमा ल्याप्राेसकपी सर्जरी सुरू

कोशी अस्पतालको स्त्री विभागमा ल्याप्राेसकपी सर्जरी सुरू


विराटनगर – विराटनगरस्थित कोशी अस्पतालको स्त्री तथा प्रसूति विभागले ‘ल्याप्राेसकपी’ प्रविधिबाट सर्जरी सेवा सुरु गरेको छ ।
मोरङको २२ वर्षीय एक जना किशोरीको अन्डासयमा भएको सिस्टको ल्याप्राेसकपी प्रविधिबाट अप्रेसन गरेर यो सेवा कोशीको प्रसूति विभागमा पहिलो पटक सुरू भएको हो ।

अस्पतालको स्त्री तथा प्रसूति विभागीय प्रमुख डा। डा। अन्जु देवसहितको चिकित्सकीय टिमले ल्याप्राेसकपी प्रविधिबाट उपचार सेवा सुरु गरेको हो गत शुक्रबार मोरङकी २२ वर्षीय ती महिला असाय पीडा भएपछि कोशी अस्पताल आएकी थिइन् । ‘६ महिनादेखि उनको पेट दुख्ने समस्या रहेको थियो । स्वास्थ्य परीक्षण गराउँदा अन्डासय बाहिर सिस्ट देखियो । त्यसपछि हामीले ल्याप्रोसकोपी प्रविधिबाट उपचार गरिएको हो,’ उपचार संलग्न

डा। देवले भनिन् । अन्जुसहित डा। तुलसी महतो र डा। विशाल देवसहितको टिमले उपचार गरेको हो । दुरविनको माध्यमबाट पेट नचिरिकन सानो सानो प्वाल बनाएर गरिने सर्जरीलाई ल्याप्रोस्किोपिक सर्जरी भनिन्छ ।

पछिल्लो केही समययता संसारभरि नै ल्याप्राेसकपी विधिबाट पेट तथा पाठेघरको शल्यक्रिया वा अपरेसनको लोकप्रियता बढ्दै गएको छ ।
पाठेघर निकाल्ने, पाठेघरमा मासुको डल्ला पलाएको छ भने पाठेघरको नलीहरू खोल्न अथवा डिम्बाशयमा सिस्टहरू पलाएको भएमा ल्याप्राेसकपी सर्जरीको माध्यमबाट अपरेसन गर्न सकिन्छ ।

‘ल्याप्राेसकपी सर्जरी’ र ‘ओपन सर्जरीमा’ धेरै भिन्नता छन्। ल्याप्राेसकपी सर्जरी गर्दा पेटमा सानो प्वाल बनाएर सर्जरी गरिन्छ,’ डाक्टर अञ्जुले भनिन्, ‘ओपन सर्जरी गर्दा कम्तिमा ३ देखि ४ दिन अस्पताल बस्नुपर्छ । ल्याप्रोस्कोपिक सर्जरी चाडै निको हुने भएकाले यो सर्जरीको महत्व बढेको हो ।’
इनफर्टिलिटी समस्या समाधान गर्न समेत ल्याप्रोस्कोपिकले सहयोग गर्छ । सानो दुरविन पाठेघरमा छिराएर यसको अवस्था हेरिन्छ । यसलाई हिस्ट्रोस्कोपी ल्याप्रोस्कोपी भनिने उनले बताइन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ