२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मधुमेह दिवसमा विराटनगरमा सचेतना र्‍याली

मधुमेह दिवसमा विराटनगरमा सचेतना र्‍याली


विराटनगर—विश्व मधुमेह दिवसको अवसर पारेर विराटनगरमा सचेतनामूलक र्‍याली निकालिएको छ । लयान्स क्लब अफ हेल्थ प्रोफेसनलको आयोजनामा विराटनगरमा बिहीबार सचेतनामूलक र्‍याली निकालिएको हो ।

विराटनगरस्थित हस्पिटलचोकबाट निकालिएको ¥यालीले महानगरको विभिन्न भाग परिक्रमा गरी वीरेन्द्र सभा गृह हलमा पुगेर कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले शिक्षा र स्वास्थ्यमा लयान्स क्लबहरूसँग सहकार्य गरेर महानगरपालिका अगाडि बढने बताए । लायन्स क्लबसँगको सहकार्यमा महानगर क्षेत्रमा रहेका गरिबीको रेखा मुनी रहेका अति विपन्नहरूलाई सहयोग पनि प्रदान गरेर अगाडि बढने उनले बताए ।

‘लायन्स क्लब अफ प्रोफेसनल स्वास्थ्यकर्मीहरू आवद्ध भएको क्बल हो,’ प्रमुख पराजुलीले भने, ‘स्वास्थ्यको क्षेत्रमा काम गर्न यस क्लबसँग सहकार्य र समन्वय गरेर महानगर अगाडि बढनेछ ।’ कार्यक्रममा डा. उत्तरकुमार मैनाली, डा. मनोज दाहाल, ओमप्रकाश साहलगायले मधुमेहबाट कसरी बच्ने विषयमा सचेतना पनि गराए ।

¥यालीमा लायन्स इन्टरनेशनल ३२५ ए–वानका डिस्ट्रिक गर्भनर राजन खत्री, डिस्ट्रिक क्याबिनेट सेक्रेटरी विकास अधिकारी, लायन्स क्लब अफ हेल्थ प्रोफेसनलका अध्यक्ष डा. बालकृष्ण साह, चिकित्सक, विद्यार्थी, महिला स्वास्थ्यकर्मीहरूको ¥यालीमा सहभागी थिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ