२०८३ कात्तिक ३, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश १ ∕ डा. बालकृष्ण साहसहित पाँच जना स्रष्टा सम्मानित

डा. बालकृष्ण साहसहित पाँच जना स्रष्टा सम्मानित


विराटनगर—डा. बालकृष्ण साहसहित पाँच जना स्रष्टा सम्मानित भएका छन् । आइतबार विराट मैथिल नाट्यकला परिषद्को विराटनगर–१ स्थित श्वर संगम संगीतालयमा बहुभाषिक कवि गोष्ठी, परिचर्चा तथा सम्मान कार्यक्रममा डा. साहसहित पाँच जनालाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा अग्रज स्रष्टा सम्मान मधु पोखरेल, शिवनारायण पण्डित ‘सिङ्गल’, महिला स्रष्टा सम्मान मञ्जु घिमिरे दाहाल र सामाजिक स्रष्टा सम्मान विजयकुमार रायलाई प्रदान गरिएको छ ।

परिषद्का अध्यक्ष डोमी कामतको अध्यक्षता र प्रा. कृष्णा पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा करिब ६० जना साहित्यप्रेमी र स्रष्टाको उपस्थिति थियो। पोखराबाट आएका स्रष्टाहरूले समेत आफ्ना रचनाहरू वाचन गर्दै बहुभाषिक साहित्यिक वातावरणलाई समृद्ध बनाएका थिए।

कार्यक्रमका प्रमुख अतिथि प्रा. पोखरेलले नेपाली, मैथिली, भोजपुरीलगायत भाषाबीचको सहकार्यले सांस्कृतिक एकता र सिर्जनाको शक्ति बढाउने विश्वास व्यक्त गरे।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ