२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १चारजना महिलाले खोले साढे ७ करोड लगानीमा ओम वेलनेस हस्पिटल

चारजना महिलाले खोले साढे ७ करोड लगानीमा ओम वेलनेस हस्पिटल


विराटनगर—प्रदेश १ को राजधानी सहर विराटनगरमा साढे ७ करोडको लगानीमा प्राकृतिक चिकित्सा पद्धतीबाट उपचार हुने हस्पिटल खुल्ने भएको छ । विराटनगर– २ सौगातमार्ग बरगाछीस्थित ओम वेलनेस हस्पिटल प्रा.लि. संचालनको अन्तिम तयारीमा पुगेको हो ।

अस्पतालमा प्राकृतिक चिकित्सा एवं वैकल्पिक चिकित्सा विज्ञानका माध्यमबाट अनुभवी, विज्ञ र दक्ष चिकित्सकबाट हस्पिटलले सेवा दिने संचालक नमिता न्यौपानेले जानकारी दिइन् । तीन कठ्ठा क्षेत्रफलमा अत्याधुनिक सुविधासम्पन्न भवनमा रहेको हस्पिटलको संचालन अन्तिम चरणमा पुगेको उनले जानकारी दिइन् ।

‘सम्पूर्ण तयारी पूरा भएको छ । पूर्ण रूपमा संचालनको अन्तिम चरणमा रहेका छौं । अस्पतालको मंसिर २२ गते औपचारिक रूपमा उद्घाटन हुन्छ, ’ उनले भनिन्, ‘हामीले हस्पिटल खोलेको जानकारी पाएपछि अहिले नै प्राकृतिक चिकित्सा पद्धतीबाट उपचार गर्न बिरामीहरू आउन थालेका छन् ।’ पहिलो चरणमा १० शैय्याको अस्पताल संचालन गर्ने स्वीकृत पाएको जानकारी दिदै उनले चाँडै ५१ शैय्याको पु¥याएर प्राकृतिक चिकित्सा पद्धतीबाट गुणस्तरीय सेवा दिने लक्ष्य रहेको उल्लेख गरिन् ।

अस्पतालमा प्राकृतिक चिकित्सा एवं वैकल्पिक चिकित्सा विज्ञानमा रहेर शिरोधारा, योगामड थेरापी, जाकुजी, स्टीम बाथ, साउना बाथ, अकुप्रेसर, अकुपञ्चर फिजियोथेरापी, डाइट तथा न्यूट्रिशन आदिको माध्यमबाट विभिन्न रोगहरूको सर्वसुलभ र प्रभावकारी उपचार गरिने संचालक न्यौपानेले बताइन् ।

‘रोगीलाई निरोगी र निरोगीलाई दीर्घजीवी बनाउने यस पद्धितको प्रमुख उद्देश्य हो,’ उनले भनिन्, ‘जीवनशैली, हाडजोर्नी तथा नशा सम्बन्धी सफल उपचारको लागि सुविधा सम्पन्न योग तथा प्राकृतिक चिकित्सा हस्पिटल हो यो ।’

अस्पतालको पहिलो तलामा ओपिडीसहित विशेष सेवाहरू रहेको छ । दोस्रो तलामा बेड भर्ना भएका बिरामीहरूका लागि वार्ड रहेको छ । अहिले उक्त अस्पतालमा कन्सलटेन्ट फिजियोथेरापिष्ट डा. मो. जावेद र प्राकृतिक चिकित्सक डा. प्रकृति सिंहले सेवा प्रदान गर्ने भएका छन् ।

चार महिला मिलेर खोलिएको हस्पिटल

संचालनमा तयारीमा रहेको ओम वेलनेस हस्पिटलको लगानीकर्ता चारैजना महिला हुन् । जसमा शिभा उपाध्याय, नमिता न्यौपाने, राधा अधिकारी र विना रायमाझी रहेकी छन् । उनीहरूमध्ये शिभा उपाध्याय हस्पिटलको अध्यक्ष रहेकी छिन् ।

कस्ता सेवा हुनेछन्


संचालनको तयारीमा रहेको ओम वेलनेस हस्पिटलमा विभिन्न प्रकारको उपचार प्राकृतिक चिकित्सा पद्धतिबाट हुनेछ । ढाड, कम्मर, गर्धन घुँडा तथा अन्य जोर्नीहरू दुख्ने, हड्डी खिइएको, नसा च्यापिएको, साइटिका र अन्य रेडिकुलोपेथी, बाथ रोगहरुको उपचार हुनेछ ।

यस्तै, पिनास, एलर्जी, दम, पुरानो खोकी, टाउँको दुख्ने, माइग्रेन, मानसिक तनाव, अनिद्रा (स्लिप क्लिनिक), सर्जरी पश्चात चाहिने फिजियोजेरापी र पुनस्र्थापना, मोटोपन, कोलस्ट्रोल, उच्च रक्तचाप तथा मधुमेह, ग्याष्ट्रिक, कब्जियत, अपच, अल्सर र पाइल्सको उपचार पनि अस्पतालमा हुने व्यवस्थापनले जनाएको छ ।

अस्पतालले आकस्मिक सेवा, बहिरंग र अन्तरंग सेवा, फिजियोथेरापी, अत्याधुनिक इलेक्ट्रोथेरापी, रिह्याबिलिटेसन सेवाहरु रहेको छ । यस्तै अर्थोपेडिक, न्यूरो पुनस्थापना, स्पोर्टस इन्जुरी पुनस्थापना, माया तथा मसाज थेरापी रहेको छ । यस्तै विशेष सेवाहरूमा हेल्थ स्पा, समाज थेरापी, जल चिकित्सा, जाकुजी, अकुपञ्चर, मड थेरापी, स्टिम बाथ, साउना बाथ, सिरोधारा, डिलक्स हाइड्रो मसाजलगायतका रहेका छन् ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ