२०८१ साउन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १औषधी व्यवसायीको निर्वाचन : ९ पदका लागि २३ जनाको उम्मेदवारी

औषधी व्यवसायीको निर्वाचन : ९ पदका लागि २३ जनाको उम्मेदवारी


विराटनगर—नेपाल औषधी व्यवसायी संघ मोरङको निर्वाचनको लागि २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंसिर २० गते विराटनगरमा हुने संघको निर्वाचनको लागि ९ पदका लागि २३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

शुक्रबार औषधी व्यवसायी संघको भवनमा भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष पदमा वर्तमान महासचिव हरिमोहन श्रेष्ठ, यतिश श्रीवास्तव र लक्ष्मीप्रसाद तिम्सिनाले उम्मेदवारी दर्ता गराएका हुन् । श्रीवास्तव संघको पूर्व उपाध्यक्ष हुन् भने तिम्सिना पनि पूर्व केन्द्रीय सदस्य हुन् ।

त्यस्तै, उपाध्यक्षमा देशबन्धु ढकाल र सुदिनध्वज श्रेष्ठको उम्मेदवारी छ । देशवन्धु तिम्सिना समूहका हुन् भने श्रेष्ठ हरिमोहन समूहबाट उम्मेदवारी दर्ता गराएका हुन् । श्रेष्ठ र तिम्सिनाको छुट्टा–छुट्टै समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् । श्रीवास्तवले समूह बेगर अध्यक्षमा मात्रै उम्मेदवारी दर्ता गराएको बताइएको छ ।

त्यस्तै महासचिवमा चारजनाले उम्मेदवारी दिएका छन् । जितेन्द्रकुमार रजक (जितु), दिनेश ठाकुर, मनोजकुमार मिश्र र सुरेन्द्रकुमार मेहताले उम्मेदवारी दर्ता गराएका छन् । कोषाध्यक्षमा विजयकुमार राजवंशी र सुदिप निरौलाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । सचिवमा देवीप्रसाद दुलाल र हरिराज रेग्मीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै सह—कोषाध्यक्षमा पुष्पराज पोखरेल र राजकुमार यादवले उम्मेदवारी दिएका छन् ।

तीन जना सदस्य पदका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सदस्य पदमा विनोदकुमार यादव, प्रकाश धिमाल, दीपेन्द्र मण्डल, जयप्रसाद राय, अनिल चौधरी, सरिता चौधरी, प्रकाशकुमार साह र चन्द्रबहादुर पराजुलीले उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन अधिकृत श्रेष्ठका अनुसार शनिबार दावी विरोध र उम्मेदवारी फिर्ताको समय रहेकोले सोही दिन साँझ अन्तिम नामावली प्रकाशन गरिएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ