२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १स्वास्थ्य सचेतना अभियान सुरु

स्वास्थ्य सचेतना अभियान सुरु


विराटनगर—लायन्स क्लब अफ हेल्थ प्रोफेसनल विराटनगरले प्रजनन स्वास्थ्यलगायतका विषयमा स्वास्थ्य सचेतना अभियान सुरु गरेको छ । विराटनगरस्थित गोग्राह माविबाट आइतबारदेखि उक्त अभियानको शुभारम्भ गरेको हो ।

विराटनगर महानगरपालिको सहयोगमा भएको स्वास्थ्य जनचेतनामूलक अभियान महानगरपालिको विद्यालय र सुनसरीका सुरु हुनेछ । लायन्स क्लव अफ विराटनगर हेल्थ प्रोफेसनलका अध्यक्ष तथा स्त्रीरोग विशेषज्ञ डा. बालकृष्ण साहले यस अभियानअन्तर्गत माध्यमिक विद्यालय तहका किशोर—किशोरीहरुलाई प्रजनन स्वास्थ्यको बारेमा जानकारी गराउन अभियान सञ्चालन गरेको बताए ।

अभियानअन्तर्गत प्रजनन स्वास्थ्य अधिकार, किशोरावस्थामा आउने शारीरिक परिवर्तन, महिनावारी, स्वप्नदोष, यौन रोग, सुरक्षित योन सम्बन्ध, एचआईभी एडस, सुरक्षित गर्भपतन सेवा, लैंगिक हिंसालगायतको विषयमा किशोर किशोरीहरुलाई जानकारी गराउने उनले बताए ।

अभियानले बाल विवाह, असुरक्षित यौन सम्बन्ध, असुरक्षित गर्भपतन, यौन रोग, महिला हिंसामा न्यूनीकरण हुने लक्ष्य छ । महानगरका जनस्वास्थ्य शाखा प्रमुख रमेश कार्कीले २३ जना लियो सदस्यहरुलाई तालिम दिएर यस अभियानमा खटाएको बताए । अभियानले महानगरले किशोर किशोरीहरुलाई विद्यालयस्तरबाटै प्रजनन स्वास्थ्यको बारेमा सचेत गराउने लक्ष्य लिएको उनले बताए ।

महानगरका सामाजिक विकास महाशाखा प्रमुख सरोज गौतमले यसले सामाजिक रुपान्तरणमा सघाउन पुग्ने बताए । उनले अभिमुखीकरण कार्यक्रम सुरु गर्नुअघि विद्यार्थीहरुमा प्रजनन स्वास्थ्यबारे भएको जानकारीको बारेमा फर्म भर्न लगाउने र अभिमुखीकरणपछि पुनः फर्म भर्न लगाएर सर्वेक्षण समेत गरिरहेको बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ