२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोरोना भाइरसबाट जोगिन प्रदेश १ को तीन नाकामा स्वास्थ्य डेक्स

कोरोना भाइरसबाट जोगिन प्रदेश १ को तीन नाकामा स्वास्थ्य डेक्स


विराटनगर – कोरोना भाइरसको संक्रमणप्रति सजग हुँदै प्रदेश १ का तीन वटा नाकामा स्वास्थ्य डेक्स स्थापना गरिएको छ । विराटनगरको रानी, झापाको काकडभिट्टा र इलामको पशुपति नाकामा हेल्थ डेक्स स्थापना गरेर नेपाल प्रवेश गर्नेहरुको निगरानी गर्ने र रोकथामको प्रयासको लागि स्वास्थ्य हेक्स स्थापना गरिएको हो ।

कोरोना भाइरसको संक्रमणबाट हुनसक्ने जोखिम र त्यसबाट सुरक्षित रहने उपायहरुको बारेमा सरोकारवालाहरुसँग मंगलबार छलफल पनि गरेको प्रदेश १ को सामाजिक विकास मन्त्रालयका सचिव बीरबहादुर राईले जानकारी दिए । त्यस क्रममा चिकित्सकहरुले सम्भावित जोखिमका विरुद्धमा लड्नका लागि पूर्वतयारीलाई चुस्त बनाउने तर्फ सरकार तयारी अवस्थामा रहनुपर्नेमा सचेत गराएका थिए । उनीहरुले प्रारम्भमा सामान्य रुघाखोकीको रुपमा सुरुहुने कोरोला भाइरसबाट सचेत रहनुपर्ने तर डराइहाल्न नपर्ने पनि बताएका छन् । उनीहरुले चीनको प्रभावित प्रदेशबाट फर्केका व्यक्तिहरु केही सचेत रहनुपर्ने तर अरुले डराउनु पर्ने अवस्था नरहेको सुझाव दिएका छन् ।

प्रदेश सरकारले मेची अञ्चल अस्पताल, मेची अञ्चल अस्पताल, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, विराट मेडिकल कलेज, नोवल मेडिकल कलेज र बि एण्ड सी मेडिकल कलेजमा आइसोलेसन वार्डको व्यस्था मिलाउन र तयारी अवस्थामा राख्नकालागि सरकराले पहल अघि बढाएको प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

संखुवासभाको किमाथांकमा खाद्यान्यको अभाव

नोवेल कोरोना भाइरसको संक्रमण फैलिन नदिने प्रयत्न गरिरहेको चीन सरकारले नेपालसँग जोडिएका नाकाहरु बन्द गर्दा संखुवासभाको किमाथांकामा खाद्यान्न अभाव भएको छ । किमाथांकाबाट तीन दिनदेखि तिब्बत तर्फको आवतजावत बन्द गरिको छ । खाद्यान्न लगायत अधिकांश उपभोग्य वस्तु चीनतर्फबाट आपुर्ती गर्दै आएका किमाथांका र आसपासका नेपालीहरुलाई खाद्यान्न लगायत अत्यावश्यक वस्तुहरुको अभाव सुरु भएको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए ।

केही दिन नाका बन्द भए ताप्लेजुङको ओलाङ्चुङगोला क्षेत्रमा पनि खाद्यान्न अभाव सुरु हुने मन्त्री कार्कीले बताए ।
उत्तरी सीमानाका बस्तीहरुमा खाद्यान्न अभाव सुरु भएको सूचनासँगै प्रदेश सरकारले खाद्यान्न आपुर्तीको प्रवन्ध मिलाउन सम्वन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । किमाथांकाकालागि संखुवासभाको खाँदबारीबाट खाद्यान्न पठाउन सुरु गरेको मन्त्री कार्कीले जानकारी दिए । उनले उत्तरी सीमा नाकाहरुमा रोगको संक्रमण हुन नदिन सतर्कता अपनाइएको र खाद्यान्न लगायत अत्यावश्यक वस्तुको अभाव हुन नदिन आवश्यक प्रकृया अपनाउन निर्देशन दिएको बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ