२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १तीन जिल्लामा हात्ती पाइले औषधी खुवाइदैं, मोरङमा १३ प्रतिशत संक्रमित

तीन जिल्लामा हात्ती पाइले औषधी खुवाइदैं, मोरङमा १३ प्रतिशत संक्रमित


विराटनगर—प्रदेश १ को तीन जिल्लामा हात्ती पाइलेको औषधी आउने शनिबारदेखि खुवाउने भएको छ । रोग निवारणमा उल्लेख्य प्रगति हुन नसकेका प्रदेश १ को तीन जिल्लामा हात्ती पाइले रोग विरुद्ध आम औषधी सेवन अभियान सञ्चालन हुने भएको हो ।

झापा, मोरङ र धनकुटाका सर्वसाधारणलाई हात्ती पाइलेको औषधी सेवन गराउने तयारी गरिएको छ । हात्ती पाइले रोग नियन्त्रण गर्न ६ चरणमा औषधी सेवन गराउने लक्ष्य राखिएकोमा संक्रमणको दर एक प्रतिशतभन्दा कम नभएकोले मोरङलगायतका जिल्लाहरुमा नवौं चरणको अभियान सञ्चालन हुँदैछ । प्रदेश १ का तीन जिल्लामा संक्रमणको अवस्था एक प्रतिशतभन्दा माथि रहेको स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए । उनले मोरङमा १३ प्रतिशत हात्ती पाइलेको संक्रमित रहेको जानकारी दिए ।

मोरङको साविकको डानिया, मजारे र दादरबेया गाविसमा हात्ती पाइले संक्रमित बढी देखिएको छ । मोङमा १० लाख ८७ हजार ७ सय २१ जनसंख्या रहेकामध्ये ९ लाख २४ हजार ५ सय ६२ जिल्लामा खुवाउने लक्ष्य राखेको छ । मोरङमा ५ हजार स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ ।

विगतमा सर्वसाधारणले हात्ती पाइले रोग विरुद्धको औषधी सेवन गर्न डराएका कारण पनि यी जिल्लाहरुमा आम औषधी सेवन अभियानका चरणहरु थप गर्नुपरेको बताइएको छ । यस पटक भने सर्वसाधारणलाई विश्वस्त तुल्याउन स्वास्थ्यकर्मीहरुलाई नै औषधी वितरणमा परिचालन गर्ने तयारी छ । अघिल्ला अभियानहरुमा स्वास्थ्य स्वयंसेविकामार्फत औषधी वितरण गर्ने गरिएको थियो ।

माघ २५ गते विराटनगरको रंगशालामा विशेष कार्यक्रम आयोजना गरेर हात्ती पाइले रोग विरुद्ध लड्न सबैलाई आव्हान गर्ने र प्रदेश सरकारका विशिष्ठ अधिकारीहरुलाई औषधी सेवन गराएर अभियान प्रारम्भ गर्ने तयारी भइहेको बस्नेतले जानकारी दिए । यो औषधी ६ वर्ष सेवन गर्नुपर्छ । हात्ती पाइलेको जीवाणु एक प्रकारको जुका भएकोले सामान्य अवस्थामा खाने जुकाको औषधी अबलेन्डाजोल र हात्ती पाइलेको डिइसी नामक चक्की खुवाइने गरेको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले जानकारी दिए ।

अभियानको पहिलो दिन हरेक गाउँहरुलाई पायक पर्ने केन्द्रमा र त्यसपछि स्वास्थ्यकर्मीले घर—घरमा गएर औषधी सेवन गराउने तयारी गरिएको उनले जानकारी दिए । यो औषधी दुई वर्षभन्दा कम उमेरका बालवालिका, ७ दिनभन्दा कम समयका सुत्केरी, सिकिस्त बिरामी र छारे रोग लागेका बिरामी बाहेक सबैले सेवन गर्नु पर्नेछ । नेपालका १३ जिल्लामा यो वर्ष औषधि सेवन गराइदैछ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ