२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १चिकित्सक थापाको ‘सुसाइड प्रिभेन्सन’ विमोचन

चिकित्सक थापाको ‘सुसाइड प्रिभेन्सन’ विमोचन


विराटनगर—मानसिक रोग विशेषज्ञ चिकित्सक डा. रन्जन थापाको आत्महत्या रोकथाममा आधारित ‘सुसाइड प्रिभेन्सन’ नामक पुस्तक विमोचन गरिएको छ । विराटनगरस्थित न्युरो अस्पतालमा कार्यरत डा. थापाले लेखेको उक्त पुस्तक बिहीबार एक कार्यक्रम आयोजना गरी विमोचन गरिएको हो ।

अस्पतालका संस्थापक तथा वरिष्ठ न्युरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्टले ‘सुसाइड प्रिभेन्सन’को विमोचन गरे । विमोचन कार्यक्रममा बोल्दै संथापक विष्टले यस पुस्तकले समाजमा बढदै गएको आत्महत्या रोकथाममा सहयोग पु¥याउने बताए । उनले पुस्तकले मेडिकल क्षेत्रमा काम गर्नेलाई ज्ञान प्रदान गर्ने विश्वास व्यक्त गर्दै न्युरो अस्पतालमा कार्यरत विभिन्न व्यक्तिहरुले यस प्रकारको पुस्तक लेखेर मेडिकल क्षेत्रलाई ठूलो योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

त्यस्तै पुस्तकका लेखक डा. थापाले आत्महत्याका कारण नेपालमा दैनिक १५ जना मानिसको मृत्यु हुने गरेको बताए । हरेक वर्ष १० लाख मानिसको मृत्यु हुने गरेको उल्लेख गर्दै नेपालमा रोकथामको प्रयास नहुने गरेको बताए । किताबमा आत्महत्या रोकथामका लागि

स्वास्थ्यकर्मीहरुको भूमिका, विभिन्न नितीहरु, मिडिया मार्गनिर्देशनको भूमिका गरी तीन भागमा बाँडिएको उल्लेख गरे । उनले साधारण अंग्रेजी भाषामा भएकोले सबैले अध्ययन गर्न सक्ने बताए । उनले किताबलाई नेपालीमा पनि ल्याइने बताए ।

लेखक थापालाई डा. विष्टले माला र खादा ओढाएर सम्मान पनि गरेका थिए । त्यस्तै कार्यक्रममा योग गुरु स्वामी सत्यम श्रीले स्वस्थ रहनका लागि योगको भूमिकाका बारेमा बताएका थिए ।

कार्यक्रममा अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराई, हस्पिटल डाइरेक्टर रंजित राज बस्नेत, मेडिकल डाइरेक्टर वरिष्ठ न्यूरो सर्जन डा. यमबहादुर रोकालगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको उपस्थित थियो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ