२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यकिन हुन्छन् महिला यौन समस्याकाे शिकार ? यी हुन छुटकारा पाउने ५ तरीका

किन हुन्छन् महिला यौन समस्याकाे शिकार ? यी हुन छुटकारा पाउने ५ तरीका


सामान्यतयाः यौन गतिविधि, प्रतिक्रिया, उत्तेजना, पीडा एवम् चाहाना नहुनुलाई यौन समस्या भन्ने बुझिन्छ । कतिपय महिलामा देखा परेको समस्याले दुई यौन सहकर्मीबीच मनमुटाव उत्पन्न हुन पुग्दछ ।
आफ्नो जीवनको कुनै न कुनै समयमा महिलाहरु यौन समस्याको शिकार हुन पुग्छन् । महिलामा यौन समस्या जुनसुकै समयमा पनि देखिन सक्छ । तर, अधिकांश महिलाहरु विशेषगरी आफ्नो प्रसुतिको कार्यकाल पछि यस्ता समस्या देखापर्ने बताउँछन् ।
यौन प्रतिक्रिया फिजिओलोजी , भावना, अनुभव, विश्वास, जीवनशैली, तथा सम्बन्धको नतिजा पनि हो । र, यसमा आईपर्ने अथवा देखिने समस्याले व्यक्तिको यौन इच्छा, उत्तेजना र सन्तुष्टिलाई भंग गर्दछ ।

लक्षणहरु

महिलामा देखिने यौन समस्याका लक्षणहरु यसका कारण एवम् प्रकारसंग सम्बन्धित हुन्छन् । तसर्थ यौन समस्याको शिकार भएका प्रत्येक महिलामा एकै किसिमका समस्या देखा पर्छ भन्ने हुदैन ।

  • यौन चाहानामा कमी
  • यौन उत्तेजनामा विकार
  •  यौन सन्तुष्टिमा समस्या

कारण
महिलामा यौन समसया शरीरको हार्माेनको गडबढिका कारण देखा पर्दछ । यस्तो समस्या महिलामा प्रायजसोः बच्चा भएपछि वा महिनावारी पर सरेको समयमा देखा पर्दछ । यसबाहेक महिलामा भएको क्यान्सर, मधुमेह, मुटु तथा रक्त धमनीसम्बन्धि रोगले यौन समस्या पैदा गर्न मद्दत गर्दछ । यससंगै महिलामा भएको हार्माेनको गडबढि, शारीरिक अन्य समस्या, औषधि एवम् उपचारको उपभोग गरी रहेमा र मानसिक स्वास्थ्यले पनि प्रभाव पार्दछ ।

समाधानका उपाय

सामान्य रुपमा देखा परेको यौन समसयाले महिलामा कालान्तरमा गएर उग्र रुप लिन सक्छ । यसले महिलामा पाठेघरमा संक्रमण गर्नुका साथै क्यान्सरसम्म हुने जोखि बढाउँछ । त्यसैले कुनै पनि समस्यालाई हामीले हल्का रुपमा लिनु हुदैन ।

  • सफा पानीले यौनांग दैनिक रुपमा सफा गर्ने
  • इस्ट्रोजन थेरापी गराउने
  •  नियमित स्वास्थ्य जाँच गराउने
  • समस्याको कारण पहिचान भएकै खण्डमा पनि अधिकांश समस्याबाट छुटकारा पाउन सकिन्छ । तसर्थ समस्याको कारण पहिचान गर्ने
  • सम्बन्धित चिकित्सकको परामर्श लिने ।
    एजेन्सी ।

क्याटेगोरी : अन्य, यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ