२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्ययसकारण बढ्छ योनी क्यान्सरको जोखिम

यसकारण बढ्छ योनी क्यान्सरको जोखिम


शरीरको कुनै पनि एक निश्चित भागमा क्यान्सर भई  त्यसको संक्रमण फैलिएर त्यसले सम्पूर्ण शरीरलाई नै नोक्सान पु¥याउने सम्भावना उच्च रहन्छ । आज हामी शरीरमा देखिने विभिन्न क्यान्सरमध्ये महिलाको यौनाङ्ग अर्थात् योनी क्यान्सरको बारेमा छलफल गर्दैछौ ।

यो महिलाको योनी क्षेत्रबाट शुरु हुने क्यान्सर हो । कमै मात्रलाई देखिने यो क्यान्सरलाई दुर्लभ क्यान्सर पनि मानिन्छ । महिलाको कुल संख्यामध्ये करिब १ प्रतिशतमा मात्रै योसमसया देखिन्छ । यसमध्ये पनि धेरैजसोमा साझा रुपमा देखिने क्यान्सर भनेको स्क्वामस सेल कार्सिनोमा हो । जसमा योनी रेखामा रहेको फ्ल्याट र पातलो कोषबाट शुरु हुदै समयमै उपचारको अभावमा यसले क्रमिक रुपमा फोक्सो, कलेजो हुदै हड्डिमासमेत असर पार्छ ।

योन क्यान्सरको जोखिम बढाउने तत्वहरुः

महिलामा देखिने योनी क्यान्सरका वास्तवमा के कारणले देखा पर्छ भन्ने कुराको हालसम्म  उचित यकिन गर्न सकिएको छैन । यद्यपि लामो समयदेखि वैज्ञानिकहरुले के–कस्ता पक्षले योनी क्यान्सरको जोखिमलाई बढाउँछ भन्ने पक्षमा अध्ययन गर्दै आएको छ ।

उनीहरुका अनुसार, सामान्य कोषिकाको ‘ट्युमर सप्रेसर’ नामक उत्पादक जिनको तीव्र बढावका कारण यो क्यान्सर देखा पर्छ । गर्भावस्थामा डिईएस प्रयोग गर्ने महिलामा भ्रुणको रुपमा आएका महिलामा पनि क्यान्सरको उच्च जोखिम रहन्छ ।

यस्तै, असुक्षित यौनसम्पर्क, बढ्दो उमेर, धुम्रपान, एचआइभि संक्रमण तथा कम उमेरमा हुने सम्भोग जस्ता आदि गतिविधिले पनि महिलामा यस समस्याको जोखिमलाई बढाउँछ ।

समस्या समाधानको उपायः

सर्वप्रथम त हामी योनीमा हुने क्यान्सरबाट कसरी बच्ने भन्ने विषयमा सचेत रहनुपर्छ । जसकारण हामीले यसको जोखिमलाई बढाउने क्रियाकलापबाट सकेसम्म टाढै रहनुपर्छ । र, नियमित रुपमा आफ्नो यौन जाँच गराई यौनसम्बन्धि कुनै समस्या देखे वा संक्रमणको आशंका लागेमा तुरुन्त सम्बन्धित चिकित्सककोमा उपचारको निम्ति जानुपर्छ । यसका साथै एचपिभी विरुद्धको खोप लगाउनाले पनि यस समस्याबाट टाढै रहन मद्दत पु¥याउँछ ।

क्यान्सर देखिसकेपछि यसको निदान कसरी गर्ने?

योनीको कुन भागमा अनि क्यान्सर कुन स्टेजमा देखिएको हो, सोहि अनुरुप नै यसको उपचार पनि फरक–फरक किसिमको रहन्छ । यसका लागि चिकित्सकको सल्लाह अनुसार शल्यक्रिया, रेडियशन थेरापी, केमो थेरापी, र मेडिकल केयरजस्ता आदि विधि यस समस्याको निदान गर्न सकिने उत्तम उपाय हो ।

-एजेन्सी


क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ