२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यकरिब ५ प्रतिशत पुरुष ‘बायोसेक्सुअल’ हुने एक अध्ययनको दावी

करिब ५ प्रतिशत पुरुष ‘बायोसेक्सुअल’ हुने एक अध्ययनको दावी


दुवै लिंगप्रति समान रुपमा उत्तिकै आकर्षित हुने र यौनको चाहाना राख्ने समूहलाई ‘बायोसेक्सुअल’ भनिन्छ । अर्थात्, दुवै लिंगप्रतिको आकर्षण । तर, ‘के पुरुषहरु पनि ‘बायोसेक्सुअल’ हुन्छन्?’ यो सबैको रुचि एवम् जिज्ञासाको कुरा हो । पछिल्लो पटकको तथ्यांकलाई हेर्ने हो भने यसको प्रतिउत्तर हो, ‘अवश्य हुन्छ ।’

यस विषयमा बोल्दै लेखक एवम् अनुसन्धानकर्ता जे माइकल बेली भन्छन्, ‘भर्खरै मात्र गरिएको अध्ययनले यस विषयमा कडा रुपमा गतिलो प्रमाण फेला पारेको छ ।’ उक्त अध्ययनको निस्कर्षप्रति कसैको दुईमत नरहेको उनी बताउँछन् ।

बेली नर्थवेस्टर्न युनिभर्सिटिका मनोविज्ञान प्रोफेसर पनि हुन् । उनी तथा उनका समूहले अंग्रेजी वर्ष २०१९ र २०२० बीचमा अमेरिकी, क्यानाडियन तथा बेलायती साइट्समा यौन झुकाव सम्बन्धि गरिएको सर्वेक्षणले उक्त तथ्य पत्ता लगाएको हो ।

पुरुषहरु वास्तवमा ‘बायोसेक्सुअल’ हुन्छन् वा हुँदैन भन्ने बहस लामो समयदेखि चल्दै आएको थियो । केहि वैज्ञानिक एवम् अन्य व्यक्तिहरुले पनि पुरुषहरु समान लिंगी वा विपरीत लिंगीप्रति मात्रै आकर्षित हुने बताउदै आएका थिए । ‘बायोसेक्सुअल’ लाई उनीहरुले व्यक्तिको गलत बुझाई एवम् धारणाको संज्ञा दिने गरेका थिए ।

यद्यपि पछिल्लो अध्ययनले व्यक्तिहरुको सो धारणालाई गतिलो प्रमाण सहितको जवाफ दिएको बेलीले बताए । यसअघि सन् २०१६ सालमा गरिएको बेलीको एक अध्ययन अनुसार कुलमध्ये करिब ५ प्रतिशत पुरुषहरु द्धिलिंगीय हुन्छन् ।

अध्ययनमा औसत २९ उमेरका करिब ६ सय व्यक्तिलाई समावेश गरिएको थियो । जन्मिदा ती सबै पुरुषलिंगीका रुपमा जन्मिएका थिए । क्रमिक रुपमा उनीहरुमा परिवर्तन देखिएसँगै उनीहरुले आफूलाई ‘हेटेरोसेक्सुअल’ वा ‘होमोसेक्सुअल’ बताउँदै आएका थिए । उनीहरुले आफूलाई द्धिलिंगी भनेर बताएका भने थिएनन् । यसबारे उनीहरु स्वयम् आपै पनि अन्जान देखिन्थे । यद्यपि सो अध्ययनले भने उनीहरुलाई गलत सावित गरेको बेलीको भनाई रहेको छ ।

-एजेन्सी


क्याटेगोरी : अन्य, यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ