२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्ययौनसम्पर्कको सिमितताबारे विज्ञ छैनन् नेपाली

यौनसम्पर्कको सिमितताबारे विज्ञ छैनन् नेपाली


काठमाडौं—एक सर्वेक्षणका अनुसार नेपालमा एक वा सोभन्दा बढी व्यक्तिसँग यौनसम्पर्क गर्नु हुँदैन भन्ने ज्ञान नभएका महिलाको संख्या ठूलो पाइएको छ । १५ देखि ४९ वर्षका महिलाहरुमध्ये ३० प्रतिशत महिलाहरुले एक वा सोभन्दा बढी व्यक्तिसँग यौनसम्पर्क गर्दा हुने बताएका थिए ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणअनुसार नेपालका कुल महिलाहरुमध्ये ३० प्रतिशत महिलाहरुमा एक व्यक्तिभन्दा अर्को व्यक्तिमा यौन सम्पर्क गर्नु हुँदैन भन्ने ज्ञान नभएको पाइएको हो । एचआइभी संक्रमणबाट बच्न सधै कण्डमको प्रयोग गर्नुपर्ने र एचआईभी संक्रमित नभएको एक जनासंग मात्र यौन सम्पर्क राखी यौन सिमितता गर्नुपर्छ भन्ने ज्ञानको कमी देखिएको अनुसन्धानकर्ता योगेन्द्र प्रसाईले बताए ।

प्रसाईले भने, १५ देखि ४९ वर्षका महिलाहरुमध्ये ७० प्रतिशत महिलाहरुमा मात्र एक जनासँग मात्र यौन सम्पर्क राखी यौन सिमितता गर्नुपर्छ भन्ने ज्ञान भएको पाइएको छ । बाँकी ३० प्रतिशत महिलाहरुमा यौनको सिमितताबारे कुनै जानकारी नदेखिएको बताए ।

११ प्रतिशत पुरुष अनविज्ञ

१५ देखि ४९ वर्ष उमेर समूहका ४ हजार ६३ जना पुरुष र १२ हजार ८ सय ६२ जना महिलामा गरिएको अनुसन्धानले ११ प्रतिशत पुरुषमा एक जनासँग मात्र यौन सम्पर्क राखी यौन सिमितता गर्नुपर्छ भन्ने ज्ञान नभएको देखाएको छ । सात वटै प्रदेश हिमाल, पहाड र तराईलाई प्रतिनिधित्व गरेको सर्वेक्षणले कुल पुरुषको संख्यामध्ये ८९ प्रतिशत पुरुषमा मात्रै एक जनासँग मात्रै यौन सम्पर्क गरी यौन सिमितता कायम गर्नुपर्छ भन्ने पूर्ण ज्ञान भएको पाइएको छ ।

यौन सिमितता बारे सहरमा भन्दा ग्रामीण भेगका महिलाहरुमा ज्ञान नभएको पाइएको छ । सहरी क्षेत्रका ७४ प्रतिशत महिलामा यौन सिमितताबारे ज्ञान छ भने ग्रामीण भेगका ६३ प्रतिशत महिलामा मात्रै ज्ञान पाइएको छ । पुरुषको हकमा भने सहर र ग्र्रामीण भेगमा ८९, ८९ प्रतिशत रहेको छ ।

प्रदेश २ का ६४ प्रतिशत महिला अनविज्ञ

सर्वेक्षणका अनुसार यौन सिमितता बारे प्रदेश नम्वर २ का ६४ प्रतिशत अहिलामा अनविज्ञता रहेको छ । सो क्षेत्रका ३६ प्रतिशत महिलामा मात्रै एचआईभी संक्रमणबाट बच्न सधै कण्डमको प्रयोग गर्नुपर्ने र एचआईभी संक्रमित नभएको एक जनासँग मात्र यौन सम्पर्क राखी यौन सिमितता गर्नुपर्छ भन्ने ज्ञान पाइएको छ ।

पुरुषको हकमा भने प्रदेश नम्वर ५ मा बढी पाइएको छ । ५ नम्वर प्रदेशका १५ प्रतिशत पुरुषले यौन सम्पर्कको सिमितताबारे कुनै ज्ञान नभएको बताएका थिए । सो क्षेत्रका ८५ प्रतिशत पुरुषले पूर्ण ज्ञान भएको बताएको प्रसाईले बताए ।

चिकित्सकहरुले एक भन्दा बढी यौन साथी हुनु भनेको एचआईभी संक्रमित हुन सक्ने र अन्य यौनजन्य संक्रमण हने जोखिम बढ्नु हो भनेका छन् । एक वर्षअघि मात्रै ३ प्रतिशत पुरुषले मात्र दुई वा सोभ भन्दा बढी यौन साथीहरु भएको जानकारी दिएका थिए ।


क्याटेगोरी : यौन स्वास्थ्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ