२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश ११६ करोड लगानीमा विराटनगरमा आर्या अस्पताल, १ सय बढीले रोजगारी पाउने

१६ करोड लगानीमा विराटनगरमा आर्या अस्पताल, १ सय बढीले रोजगारी पाउने


विराटनगर—विराटनगर–३ कन्चनवारीमा १६ करोडको लागतमा आर्या न्यूरो हस्पिटल संचालनमा आएको छ । न्युरो सम्बन्धी उपचारलाई फोकस गरेर विराटनगरमा उक्त हस्पताल संचालनमा ल्याइएको हो ।

बुधबारदेखि औपचारिक रुपमा सो अस्पताल संचालनमा आउने मंगलबार अस्पतालमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

प्रारम्भिक चरणमा २५ शैय्याबाट सुरु गरेको अस्पतालमा नेपालमा पहिलो पटक न्यूरो सर्जरी सेवा सुरु गर्ने प्रध्यापक डा. उपेन्द्र देवकोटासँग लामो समय काम गरेको न्युरो सर्जन डा. पंकजराज नेपालसहितको टिम रहेको छ । डा. नेपाल अस्पतालका प्रबन्धक हुन् । अस्पतालमा डा. नेपालसहित दिनेश ठाकुर, डा. अर्चना चौधरीको लगानी रहेको छ ।

अस्पतालमा न्यूरो सम्बन्धी सम्पूर्ण उपचार, हार्डजोर्नी, नाक कान घाँटी, दन्त चिकित्सकीय सेवाहरु संचालनमा रहने अस्पतालका निर्देशक ठाकुरले जानकारी दिए । यस्तै, जनरल तथा ल्यापरोस्कोपिक सर्जरी, फिजिसियन सम्बन्धित सम्पूर्ण सेवाहरु, फिजिओथेरापी सेवाहरु संचालनमा आउनेछन् । अस्पतालमा अत्याधुनिक आईसीयु तथा भेन्टिलेर सेवा, सिटी स्क्यान, एमआरआईलगायतका सम्पूर्ण सेवाहरु अस्पतालमा रहेको निर्देशक ठाकुरको भनाइ छ ।

‘अरु अस्पतालभन्दा हामीले दिने सम्पूर्ण सेवाहरुको छुट्टै निर्देशिका तयार गरेका छौं,’ उनले भने, ‘भोलिका दिनमा अस्पताल आएका बिरामीले छिटो, छरितो र गुणस्तरीय सेवा पाउन भन्ने हाम्रो उद्देश्य हो ।’ न्युरो सम्बन्धी उपचारमा लामो समय काठमाडौं र बीएनसी अस्पतालमा न्यूरो चिफ एवं निमित्त हस्पिटल डाइरेक्टर भएर काम गरेका डा. नेपालले यहाँ आएर सेवा दिने भएका हुन् । विराटनगरमा जन्मिएका डा. नेपालले न्यूरो क्षेत्रमा बिरामीलाई गुणस्तरीय सेवा दिने उद्देश्य रहेको बताए ।

अस्पतालमा अहिले १२ जना चिकित्सक, एक दर्जन बढी नर्स रहेका छन् । आर्या अस्पतालमा एक सय जनाले रोजगारी पाउने निर्देशक ठाकुरले जानकारी दिए । अहिले सामाजिक विकास मन्त्रालयबाट २५ शैय्याको स्वीकृत पाएकोले निकट भविष्यमा ५० शैय्याको पु¥याउने तयारी गरेको उनले बताए ।


क्याटेगोरी : प्रदेश १, मेरो स्टार्टअप
ट्याग : #आर्या न्यूरो हस्पिटल, #डा. अर्चना चौधरी, #डा. पंकजराज नेपाल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ