२०८१ असार ७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारधनगढीको नवजीवन अस्पतालद्वारा ‘मिनी पिसिएनएल’ पद्धतीबाट बिरामीको शल्यक्रिया

धनगढीको नवजीवन अस्पतालद्वारा ‘मिनी पिसिएनएल’ पद्धतीबाट बिरामीको शल्यक्रिया


धनगढी—निजी क्षेत्रबाट सञ्चालित नवजीवन अस्पताल धनगढीले ‘मिनि पिसिएनएल’ पद्धतीबाट आर्थिक अवस्था कमजोर भएका बिरामीको निःशुल्क रुपमा शल्यक्रिया गरी उपचार गरेको छ ।

कुवेतको रेडक्रिसेन्ट सोसाइटीको प्राविधिक र आर्थिक सहयोगमा स्थानीय निकायले सिफारिस गरेका प्रोष्टेट ग्रन्थी, पिसाब नली र किड्नीमा फसेर रहेको पत्थरीका बिरामीको ‘मिनी पिसिएनएल’ पद्धतिबाट ३० बिरामीको निःशुल्क शल्यक्रिया गरिएको अस्पतालका सञ्चालक योगेन्द्र ओझाले जानकारी दिए ।

नवजीवन अस्पताल प्रालिले आफ्नो वार्षिकोत्सवको अवसरमा पहिलोपटक यो पद्धतिबाट बिरामीको निःशुल्क शल्यक्रिया गरी गरेको हो । यो पद्धतिबाट शल्यक्रिया गर्दा बालवालिकाबाहेक वयस्कको शरीरको आधा भाग मात्र बेहोस बनाएर पत्थरी भएको बिरामीको शरीरको भागमा पाँच ‘एमएम’को मसिनो प्वाल बनाई दूरबिनको सहायताबाट पत्थरी निकाल्ने गरिएको शल्यक्रियामा संलग्न वरिष्ठ युरो सर्जन डा. सञ्जय खड्कीले बताए ।

यो प्रविधिबाट शल्यक्रिया गर्दा कम जटिलता हुने, ठूलो चिरा लाउनु नपर्ने, बिरामीलाई २४ देखि ४८ घण्टाभित्र घर फर्काउन सकिने डा. खड्कीले जानकारी दिए । यो शल्यक्रिया पद्धती आधुनिक प्रविधिको शल्यक्रिया विधि रहेको बताइएको छ । यस्तो आधुनिक प्रविधि प्रयोग गरी निःशुल्क रुपमा शल्यक्रिया गरिएको नेपालमै यो पहिलोपटक रहेको बताइएको छ ।

उक्त शल्यक्रियामा वरिष्ठ यूरो सर्जन डा. खड्कीसँगै एनेश्थेसियोलोजिष्ट डा. रोजी जोशी पाठक, जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. आनन्द पाठक, डा. किसनप्रसाद शाहलगायतको टोली सहभागी थियो ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ