२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिममा कोभिड–१९ को निगरानीका लागि ७ नाकामा हेल्थ डेस्क स्थापना

सुदूरपश्चिममा कोभिड–१९ को निगरानीका लागि ७ नाकामा हेल्थ डेस्क स्थापना


धनगढी—सुदूरपश्चिम प्रदेश सरकारले प्राणघातक कोरोना (कोभिड–१९) को सम्भावित लक्षण जाँचका लागि सात वटा स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले दार्चुला, बैतडी, कैलाली र कञ्चनपुर गरी सात वटा स्थानमा आवश्यक प्रविधिसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरेको जनाएको छ ।

प्रदेश सामाजिक विकास मन्त्रालय धनगढीका प्रवक्ता हेमराज खड्काले पश्चिमी सिमानाका र गेटा विमानस्थलमा आवत जावत गर्ने यात्रुहरुको स्वास्थ्य जाँच थालिएको बताए ।

‘दार्चुला र बैतडीमा नेपाल–भारत सिमाना र कञ्चनपुरको गडडाचौकी नाकामा डेस्क सञ्चालनमा आएको छ,’ प्रवक्ता खड्काले भने, ‘गेटा विमानस्थल, धनगढीको नाका र कैलालीको खंग्रौला नामा स्वास्थ्यकर्मीहरुको टोली खटिएर जाँच थालेको छ ।’ उनले सुदूरपश्चिममा जाँच गर्दा हालसम्म कसैलाई पनि कोरोना (कोभिड–१९) को सम्भावित लक्षण नदेखिएको जानकारी दिए ।

प्रदेश सामाजिक विकास मन्त्रालयले गत माघको तेस्रो साता कोरोना भाइरस (कोभिड–१९) प्रतिकार्य तयारीका लागि नीतिगत निर्णय समेत गरेको थियो । सुदूरपश्चिममा रहेका सरकारी तथा गैरसरकारी अस्पतालमा जाँचका लागि तयारी योजना समेत बनाउन पहल भएको छ ।

त्यसैगरी कञ्चनपुरको गड्डाचौकी सीमा क्षेत्रमा तैनाथ भारतीय सुरक्षा निकायले पनि नेपालबाट भारत जाने सर्वसाधारणहरुलाई मास्क लगाउन अनिवार्य गर्नुका साथै सिमामा शंकास्पद लक्षण देखिए स्वास्थ्य जाँचसमेत गर्दै आएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ