२०७९ असार १५, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबैतडीमा १ सय २८ प्रसुती केन्द्र

बैतडीमा १ सय २८ प्रसुती केन्द्र


खलंगा—बैतडीमा प्रसुती केन्द्रको संख्या १ सय २८ पुगेको छ । गत आर्थिक वर्षमा मात्रै नयाँ १९ वटा स्वास्थ्य संस्थाका प्रसुती सेवा केन्द्र स्थापना भएको थियो ।

सुदूूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको पहलमा बैतडीमा सुरक्षित प्रसुती सेवा केन्द्रसहितका १९ वटा स्वास्थ्य संस्थाका भवन निर्माण भएका थिए ।

गत आर्थिक वर्ष २०७५/२०७६ मा सामाजिक विकास मन्त्रालयको तीन करोड ३० लाख रुपैयाँबाट १९ वटा स्वास्थ्य संस्थामा भवन निर्माण भएको जनाइएको छ । ती मध्ये १४ वटा सुरक्षित प्रसुति सेवा केन्द्र (वर्थिङ सेन्टर), तीन वटा सामुदायिक स्वास्थ्य इकाई र दुई वटा सहरी स्वास्थ्य केन्द्र स्थापना रहेका छन् ।

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख निशा जोशीले जिल्लामा घरमा हुने सुत्केरी शुन्य अभियानलाई सहयोग पुगेकोे बताइन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)