२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठटिप्समनसुन डाइटः वर्षाको संक्रमणबाट बच्ने १० उपाय

मनसुन डाइटः वर्षाको संक्रमणबाट बच्ने १० उपाय


वर्षाको मौसममा बिरामी हुनुको दुई प्रमुख कारण छन्—पहिलो ब्याक्टोरिया र भाइरसको संख्या बढ्नु र दोस्रो शरीरमा रोगसँग लड्ने क्षमतामा कम हुनु हो । खानपानलाई बदलेर यसलाई रोक्न सकिन्छ । डाइटमा यस्ता चिजहरु लिनुपर्छ, जसले शरीरलाई बलियो बनाउन र रोगबाट लड्ने क्षमता पनि वृद्धि होस् । डायटीसियन तथा क्लिनिकल न्युट्रीसनिष्ट डा. नितिशा शर्माले मनसुन डाइट यसरी सुझाएकी छिन् ।

मनसुनमा के खाने, के नखाने
१. यो मौसममा मोही, लस्सी, जुसजस्ता तरल पदार्थ खानबाट बच्नुपर्छ । यसमा ब्याक्टोरियाको सम्भावना बढी हुन्छ र पेटसम्बन्धी समस्या उत्पन्न हुन सक्छ ।

२. पातवाला तरकारी जस्तो बन्दागोभी, पालक र फूलगोभी खानबाट बच्नुहोस् । सलादमा काँचो तरकारी खानुको सट्टा पाकेका वा स्टीम गरिएका कुरा डाइटमा खानुहोस् ।

३. मनसुनमा यस्ता तरकारीहरु खानुहोस्, जसमा पानीको मात्रा कम हुन्छ, जस्तो करेला । यसका साथै त्यस्ता तरकारीहरु खानबाट बच्नुहोस् जो मौसमका होइनन् ।

४. धेरै चिया वा कफी नखानुहोस् । यसको सट्टा पानीमा तुलसीको पात उमालेर पिउनुहोस् । यसले संक्रमणबाट बचाउँछ र रोगसँग लड्ने क्षमता बढाउँछ ।

५. वर्षाको समयमा घरबाहिरका खानेकुराहरु अभोएड गर्नुहोस् । किनभने, यसबाट ब्याक्टोरिया तथा भाइरसको इन्फेक्सनको खतरा अत्याधिक रहन्छ ।

६. यस मौसममा पानी पिउन नछाड्नुहोस्, दैनिक उमालेर १०—१२ गिलास पानी पिउनुहोस् । यसले खासगरी गलामा हुने संक्रमण रोक्न सहयोग पु¥याउँछ ।

७. पानीको कमी पूरा गर्न तथा इम्युनिटी पावर बढाउनका लागि तातो सुप पिउनुहोस् । त्यसमा अदुवा वा लसुनको प्रयोग गर्नुहोस् । यो पाचनशक्तिलाई बलियो बनाउँछ । चियाको विकल्पका रुपमा हर्बल टी पिउन सक्नुहुन्छ ।

८. डाइटमा भिटामिन सी युक्त फ्रुट जस्तो कागती, मौसमी, नास्पति, सुन्तला र टमाटरलाई राख्नुहोस् । यसले इम्युनिटी बढाउने काम गर्छन् ।

९. दैनिक वा एक दिन बिराएर ड्राइफुड लिनुहोस् । यसमा एन्टीअक्सीडेन्ट हुन्छ, जसले रोगसँग लड्ने क्षमता बढाउनुका साथै एकदमै आवश्यक पर्ने पोषकतत्व पनि प्राप्त हुन्छ ।

१०. स्कीन एलर्जी छ भने यो मौसममा मसला र तारेको खाना नखानुहोस् । धेरै मसालेदार खाना शरीरको ताप बढाउनुका साथै ब्लडप्रेसर पनि बढाउँछ । जसले एलर्जी अझ बढाउने काम गर्छ ।


याे सामाग्री दैनिक भाष्करबाट भावानुवाद गरिएको हो । 


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ