२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठटिप्सयस्ता छन् खुर्सानी खानुका फाईदा

यस्ता छन् खुर्सानी खानुका फाईदा


एजेन्सी । सामान्यतया चिल्लो र पिरो खानेकुरा नखान केही स्वास्थ्यकर्मीले सुझाब दिएको पाइन्छ । चिल्लो तथा पिरो खानेकुराले पेटमा समस्या आउने र अल्सर निम्त्याउने उनीहरुले साबधानी दर्शाउदै आएका छन् । तर सन्तुलित ढंगले खुर्सानी खादा त्यसले फाईदा गर्ने अधिकांश विज्ञहरुको धारणा छ । रातो खुर्सानीले ग्यास्टिकको समस्याबाट जोगाउने उनीहरुको दाबी छ । शरिर भित्रका रक्त नलीलाई सफा बनाउन खुर्सानी महत्वपूर्ण साबित हुने उनीहरुको भनाई छ । यी हुन खुर्सानी खादाका फाईदाः

चिसोबाट बचाउछः खुर्सानीको विशेषता पिरो र तातो हो । यसले शरिरलाई चिसो हुनबाट जोगाउछ । चिसो पेट फुलेको छ भने खुर्सानी राखेका परिकारले शरिरलाई फाईदा गर्छ

खाना पचाउन सहयोग गर्छः विज्ञहरुका अनुसार खुर्सानीले पाचन पक्रियामा पनि सहयोग गर्छ ।त्यही भएर कतिपय चिनियाँ औषधीमा केही मात्रामा खुर्सानी मिसाईन्छ ।

तौल घटाउछः खुर्सानीले तौल घटाउन पनि सहयोग गर्ने विज्ञहरु बताउछन् । सन् १९९८ मा गरिएको एक अध्यनमा रातो खुर्सानीले मेटाबोलिजम बृद्धि गर्ने र शरिरको उर्जा छिटो उपयोग गर्ने जनाइएको थियो । रातो खुर्सानीले भोक घटाउने भएकोले तौल घटाउन प्रभावकारी मानिन्छ ।

क्यान्सरसँग लड्ने क्षमताः सन् २००७ मा गरिएको एक अध्ययनमा खुर्सानीमा हुने क्युरकुमिनले क्यान्सरबिरुद्ध लड्न सहयोग गर्छ । नियमित खुर्सानी खाँदा प्रोटेस्ट क्यान्सर नहुने अध्ययनमा जनाइएको थियो । भारतीयमा प्रोटेस्ट क्यानन्सर तुलनात्मक रुपमा कम हुनु पनि उनीहरुको खुर्सानी खाने आदतसँग जोडिएको छ ।

फ्लुबाट जोगाउछ खुर्सानीले शरिरको तापक्रम बढाउने भएकोले फ्लुबाट जोगाउछ । पिरो खानेकुराले पिनासबाट हुने समस्याबाट जोगाउछ । खुर्सानीले दम र ब्रोनकाईटिसबाट जोगाउने पनि विज्ञहरु बताउछन् ।

कस्ता व्यक्तिले खुर्सानी नखाने ?
हरेक खानेकुराको फाईदा र बेफाईदा हुन्छ । तपाई खुर्सानी खान सक्नुहुन्छ भन्दैमा धेरै परिणाममा खानु हुदैन् । आवशयकता भन्दा बढी खुर्सानी खाँदा ज्यान तात्ने, तालु तथा आखा पोल्ने र निद लाग्दैन ।

गर्मी हुने मानिसलाई त खुर्सानी विष समान मानिन्छ । खुर्सानीले मुख सुख्खा हुने, मानसिक रुपमा तनाब बढाउने , शौच गर्न गाहो हुने, पेट पोल्नेलगायतका समस्या हुन्छन् ।

ब्लड प्रेसर, कलेजोको रोग, डाबिटिज, किड्नी र मुटुको रोग छ भने खुर्सानी सेबन गर्दा साबधानी अप्नाउनुपर्छ ।

पेटको अल्सर भएका, पेटमा संक्रमण, बाथ रोगीले खुर्सानी खानु हुदैन । त्यस्तै ज्वरो आउदा, घाँटी दुख्दा, खोकी लाग्दा खुर्सानी खानुहुन्न ।


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ