२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठटिप्सकस्तो खानाबाट गर्ने दिनको सुरुवात?

कस्तो खानाबाट गर्ने दिनको सुरुवात?


साधारणतयाः हामी अधिकांश बिहान उठ्ना साथ भोक लागेको खण्डमा हाम्रो अगाडि जे छ त्यो खाना खाएर हत्तपत्त आफ्नो भोक मेटाउन खोज्छौ । जुन विल्कुल गलत हो । रातको समयमा जब हामी सुत्छौ तब हाम्रो शरीरको भित्री अंगहरुले अन्य सामान्य अवस्थामा भन्दा छिटो काम गर्न थाल्दछ । जसअन्र्तगत शरीरका विभिन्न अंगहरुले दिनमा हामीले खाएका सम्पूर्ण खानाको उपयोग गर्न थाल्दछ । यस क्रममा शरीरका अन्य अंगसँगै हाम्रो मस्तिष्क पनि उत्तिकै सक्रिय रहन्छ । जसकारण बिहान उठ्दा हामीलाई भोक लागिरहेको हुन्छ ।

बिहानको खानाले हामीलाई दिनभर फूर्तिलो बनाउन मद्दत गर्ने भएकोले दिनको सुरुवात गर्ने खाना स्वस्थवद्र्धक हुन आवश्यक छ । अन्य देशमा व्यक्तिले दिनको सुरुवात गर्न खाने खानाको शैली हेर्ने हो भने त्यो हाम्रो नेपाली शैलीभन्दा विल्कुल फरक रहेको छ । त्यसो त खानपान, जीवनशैली र शारीरिक गतिशीलताका आधारमा पनि व्यक्तिले खाने आहार फरक–फरक हुन्छन् ।

दिनको सुरुवात कस्तो खानाबाट गर्ने ?

मनतातो पानीः
दिनको सुरुवात गर्ने क्रममा हामीले बिहान खाली पेटमा कम्तिमा पनि २ गिलास मानतातो पानी खानु स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिन्छ । मनतातो पानीले राती निस्क्रिय रहेका हाम्रो शरीरको अंगलाई सक्रिय तुल्याउनुका साथै खाना पचेपछि शरीरमा बाँकी रहेका अन्य अनावश्यक पदार्थलाई शरीर बाहिर निकाल्छ । यसका साथै यसले पाचन यन्त्रलाई समेत राम्रो बनाउन मद्दत गर्दछ ।

यसैगरी व्यक्तिको शारीरिक बनावट तथा संरचना आधारमा पनि बिहान खाली पेटमा पिउने पानी कस्तो हुनुपर्छ भन्ने कुरामा भर पर्छ । जस्तोः कोही व्यक्तिलाई दालचिनीको धुलो मिसाएर खादा शरीरमा फाइदा गर्छ भने कसैले कागती वा जिरा मिलाएर पनि पिउन सकिन्छ । तर, प्रेसर तथा मधुमेह बिरामीको केसमा भन्ने हो भने उहाँहरुले मेथी पानीको सेवन गर्न सकिन्छ । यस्तै पेटका समस्या भएकाहरुले पुदिना पानीले दिनको सुरुवात गर्दा उत्तम हुन्छ ।

नास्ता (ब्रेकफास्ट)ः
मनतातो पानी खाएको ३० मिनेट वा आधा घन्टापछि बल्ल हामी हामीले नास्ता लिनुपर्छ । वर्तमान अवस्थामा अधिकांश व्यक्तिको अफिस समय ९–१० बजेको समय पुग्नुपर्ने हुन्छ । यदि त्यस्ता व्यक्ति ६ बजे उठ्छ र अफिस जानको निम्ति उसले ९ बजे खाना खान्छ भने यहाँ सो व्यक्ति ६ देखि ९ बजेको अवधिमा ३ घन्टासम्म खाली पेट रहन्छ । तर, यदि कुनै व्यक्ति सुगरको बिरामी छ र बिहान उठेर सो व्यक्तिले केहि नखाएर लगातार ३ घन्टासम्म भोकै रहँदा उसको शरीरमा ग्लूकोजको मात्रा डाउन हुने सम्भावना उच्च रहन्छ । जुन सुगर बिरामीका लागि हानिकारक मानिन्छ । त्यसैले पनि त्यस्ता व्यक्तिले झनै बिहान उठेर पानीको सेवन पछि नास्ता लिनु अत्यावश्यक मानिन्छ ।

हामी नेपालीको खाने खानाशैली ठिक भएतापनि नास्ताको विषयमा भने अधिकांश पोख्त देखिदैन् । केहीले त अझ नास्ता नलिनुलाई पनि उचित मान्छन् । व्यक्तिले आफूलाई भोक लागेको समयमा आफूले कति खाना खादैछौं भन्ने कुराको समेत हेक्का राख्दैन् । तसर्थ, नास्ता नलिएका व्यक्तिले सोझै खाना खादा शरीरलाई आवश्यकभन्दा धेरै खाना (भात) खान्छन् । र, वर्तमान समयमा अधिकांश व्यक्तिको काम कम्युटरमा बसेर गर्नुपर्ने हुँदा दिनभरमा पनि उक्त व्यक्तिको इनर्जी (ऊर्जा) खपत नभएर शरीरको कुनै एउटा भागमा गएर स्टोर भएर बस्छ ।

जसले शरीरमा कार्वोहाइड्रेटको मात्रालाई बढाएर व्यक्तिमा मोटोपन तथा दीर्घ रोगको जोखिम बढाउँछ । त्यसैले पनि हामीले नास्ता गर्नु आवश्यक छ । यो हाम्रो स्वास्थ्यको निम्ति उपयुक्त पनि मानिन्छ । हामीले तुलनात्मक रुपमा खानालाई बढी प्राथमिकता दिने भएकोले हल्का नास्ता गर्नुपर्छ । जसका निम्ति निम्न खानालाई आफ्नो नास्तामा समावेश गर्न सकिन्छः

  • दुध र सातु
  • केहि फलफूलको मात्रा
  • फ्रुट सलाद(दहिमा फलफूल मिसाएर)
  • रोटी र अण्डा १/१ वटा
  • भुटेको चना

यस्ता खानाहरु नियमित खाने खानाअघि आफ्नो नास्तामा समावेश गर्नाले खाना खाने समयमा हामीले हाम्रो शरीरलाई आवश्यक खाना मात्रै उपभोग गर्छाै । र, शरीरमा कार्वाेहाइड्रेटको मात्रा बढ्न पाउदैन । जसबाट हामी स्वस्थ रहन सक्छौ ।

प्रस्तुतः सृजना मगर ।


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ