२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठटिप्ससमयमा गहिरो निन्द्रा लाग्दैन ? हटाउनुस् यी बानीहरु

समयमा गहिरो निन्द्रा लाग्दैन ? हटाउनुस् यी बानीहरु


हामीमध्ये धेरैजनालाई समयमा नै निन्द्रा नलाग्ने हुनसक्छ । रात बितिसक्दा पनि निन्द्रा नलाग्दा छट्पट्टीले ग्रसित हुने गर्छाै । लाखौ कोशिसका बाबजुद् पनि हामी सुत्न सक्दैनौ । र, कतिपय अवस्थामा गहिरो निन्द्रा नपरेर हामीलाई दिनभरि थकानको महसुस हुन्छ ।

कतिपय अवस्थामा त, ननिदाइकन नै बिहान भएको अनुभव पनि हामीमध्ये धेरैलाई होला ।

यो व्यक्तिपिच्छे फरक—फरक हुन सक्दछ । कसैलाई यो समस्या कहिलेकाहीँ मात्रै देखा पर्छ त, कतिलाई यस्तो समस्या दैनिक रुपमा देखिन सक्छ । निन्द्रा लागे पनि हामी गहिरो निन्द्रा निदाउन नसक्नु पछाडि धेरै कारणहरु रहेका छन् । आखिर के कारण हुन्छन् त त्यस्तो ? जसकारण कारण हामी निदाउन सक्दैनौ ? निदाए पनि गहिरो निदाउन सक्दैनौ ?

सुन्दा अचम्म लाग्न सक्छ, सामान्यतयाः निन्द्रा नलाग्नुको कारण हामीले सुत्नु अगाडि गर्ने हाम्रा क्रियाकलापसँग सम्बन्धित रहेको हुन्छ । हामीले सुत्नु अगाडि गरेको क्रियाकलापले हाम्रो निन्द्रालाई प्रभाव पार्दछ । सँगसँगै यसका अन्य विभिन्न कारणहरु रहेका छन् । यस्ता समस्याहरुलाई हटाई समयमा नै गहिरो निदाउन सक्ने उपायहरु के हुन सक्छन् । मस्न निदाउने केही उपायहरु पनि छन् ।

रातिको खानापछि कफी पिउने, चकलेट खाने या मसालेदार खाना खानुहुन्छ र खाने बानी छ भने त्यसले तपाईंको निन्द्रालाई अवरोध गरिरहेको हुन्छ । कफी तथा चकलेटले हाम्रो शरीरमा उर्जा प्रदान गर्ने भएकोले राती सुत्नुअघि कफीको प्रयोग उपयुक्त रहँदैन् । त्यसैले रातिको खानापछि यस्ता बानीहरु हामीले हटाउनु पर्दछ ।

  • हामीलाई लाग्न सक्छ, मोबाइल फोन किताब वा टेलिभिजनहरु हेर्नाले राती निन्द्रा लाग्छ भन्ने । तर, यो सरासर गलत हो । मोबाइल फोन वा अन्य ग्याजेटमा भएको निलो रंगको बत्तीले हाम्रो दिमागलाई असर पु¥याउने हुँदा यसले हामीलाई निन्द्राबाट टाढा राख्छ ।
  • रातिको समयमा गरिने हल्का व्यायाम शरीरको निम्ति उचित रहन्छ । तर, सुत्नुभन्दा तीन घण्टाअघि गरिएको व्यायाम मात्र शरीरको निम्ति उचित रहन्छ । यदि सो समयभन्दा पछि हामी कुनै गाह्रो वा धेरै काम गर्छाै भने त्यसले हाम्रो निन्द्रालाई बिगार्ने काम गर्दछ ।
  • सुत्नुअगाडि तपाईंको अल्कोहल पिउने बानी छ भने त्यसले पनि तपाईंको निन्द्रामा रोकावट ल्याउन सक्छ । अल्कोहलले हाम्रो शरीरको सम्पूर्ण भागमा प्रभाव पार्दछ । त्यसमध्ये निन्द्रा पनि एक हो । यसले हाम्रो निन्द्राको स्थितिमा अवरोध पैदा गर्ने गर्दछ ।
  • खाना खाने बित्तिकै हामी सुति हाल्नु हुँदैन् । यदि तपाईं खाना खाने बित्तिकै सुत्न खोज्नु हुन्छ भने तपाईंको शरीरले राम्ररी खाना पचाउन सक्दैन् । र, यसले पनि निन्द्रा बिथोलिन सक्छ ।
  • यदि तपाईं आफ्नो ओछ्यानमा पल्टेर केही गहिरो चिन्तन गर्नुहुन्छ अथवा कुनै झगडा वा मानसिक तनावमा सुत्ने कोशिस गर्नुहुन्छ भने तपाईंको त्यो प्रयास विफल रहन्छ । एउटा अध्ययनले के देखाएको छ भने दिनभरि गरिएको चिन्तन वा विचारभन्दा राती सुत्ने समयमा गरिएको चिन्तनले निन्द्रालाई प्रभाव पार्दछ । तसर्थ, हामीले गरेको झगडा वा त्यस्ता कुनै विचार जसले हामीलाई मानसिक असर पु¥याउँछ । त्यस्ता विषयलाई हामीले सुत्ने समयमा सम्झिने प्रयास गर्नु हुँदैन् ।
  • धेरैलाई लाग्न सक्छ, स्लिपिङ ट्याबलेटले हामीलाई निदाउन सहयोग गर्दछ । तर, यस्तो औषधिको प्रयोगको पहिलो चरणमा मात्रै यस्ता औषधिले काम गर्ने गर्दछ । औषधिको लामो समयसम्मको प्रयोगका कारण हाम्रो शरीरले त्यसको डोज सहन गर्न सक्ने शक्ति पैदा गर्ने भएकोले क्रमसः यसले काम गर्न छोड्दै जान्छ र फेरि निन्द्रामा समस्या देखा पर्न थाल्दछ ।
  • तपाईंको सुत्ने तरिकाले पनि तपाईंको निन्द्रालाई प्रभाव पार्दछ । यदि तपाईंले आफ्नो सुत्ने आशनमा असहज महसुस गरिराख्नु भएको छ भने त्यसले पनि निन्द्रालाई प्रभावित तुल्याउँछ ।
  • दिउँसो एकैछिन मात्रै भनेर सुत्ने बानीले पनि हाम्रो निन्द्रामा असर पार्दछ । त्यसैले स्वास्थ्य तथा गहिरो निन्द्रका लागि दिउँसो सुत्नु उपयुक्त मानिदैन् ।
  • धुम्रपान गरिनुको निम्ति त, कुनै पनि समयमा राम्रो मानिदैन् । यसका बेफाइदाहरु धेरै रहेका छन् । जसमध्ये निन्द्रा कम गराउनु पनि एक हो । यदि कुनै व्यक्तिले सुत्नु अगाडि धुम्रपान गर्छ भने त्यसले पनि निन्द्रा बिथोलिन मद्धत गर्दछ । त्यसैले गहिरो निन्द्राको निम्ति कम्तिमा पनि सुत्नु अगाडि धुम्रपान गर्नु हुँदैन ।
  • तपाईंको ओछ्यानमा एकै समयमा जाने बानी छैन् । तपाईंलाई राती सुत्दा निन्द्रा नलागी सकस हुन सक्छ । त्यसैले राती एकै समयमा निदाउनको निमित्त सुत्ने र उठ्ने समय तालिका बनाउनु पर्दछ ।
  • हाम्रो निन्द्रालाई प्रभाव तुल्याउने अर्काे कारण हो, अत्याधिक उज्यालो । कतिपय मानिसलाई अध्यारोमा निन्द्रा नपर्ने हुन सक्छ । तर, उज्यालोको कारण पनि निन्द्रा पर्दैन । त्यसैले हामीले सुत्नुअघि मध्यम खालको लाइटको व्यवस्था गर्नु पर्दछ । जसको कारण हाम्रो निन्द्रा नबिथोलियोस् ।
  • कतिपय अवस्थामा हामीले गर्ने गरेको योगका कारण पनि हामी राति निदाउन सक्दैनौ । लगातार योग गरी बीचमा छोड्ने व्यक्ति वा पहिलो पटक योग गरेका व्यक्तिले आफ्नो शरीरमा असहज महसुस गर्दछ । जसले उनीहरुको निन्द्रामा प्रभाव पार्दछ । जस्तोः गाह्रो आशन्नका कारण शरीरको विभिन्न भागहरु दुखेको खण्डमा ।
  • पानी पिउनु स्वास्थ्यको लागि अत्यन्त लाभदायिक हो । तर, सुत्नु अगाडि तपाईंले पानी पिउनुभयो भने राती पिसाब लाग्ने हुन सक्छ । त्यसैले हामीले सुत्नुभन्दा दुई घण्टाअघि नै पानी पिउनु पर्दछ ।
  • तपाईं दिनभर केही नगरी शरीरलाई आवश्यक उर्जा पनि नगरी बस्नु भएको छ भने, त्यो रात तपाईंलाई निदाउन मुस्किल पर्छ । हाम्रो शरीरले थकान महसुस गरेको खण्डमा सोही अनुरुप आरामको आवश्यकता गरेमा मात्र हामी समयमा नै निदाउन सक्छौ ।
  •  यदि तपाईं सुत्ने सिरानी आवश्यकभन्दा बढी नरम छ भने त्यसले तपाईलाई आराम प्रदान गर्दैन् । फलस्वरुपः यसले तपाईंको निन्द्रालाई यसले बाधा पु¥याउँछ ।
  •  हाम्रो शरीरमा उपयुक्त निन्द्राको निम्ति भिटामिन ‘डी’ को आवश्यक पर्दछ । जुन हामीलाई घामबाट प्राप्त हुन्छ । मतलब, तपाईंको सुत्ने कोठा अध्यारो छ, कहिले घाम पस्दैन र तपाई पनि घाममा बस्नु हुन्न भने तपाईंलाई निन्द्रा नलाग्नुको यो अर्काे कारण हुन सक्छ ।
  •  रातीको समयमा घडी हेरिरहने बानी गर्नुहुन्न । यसले हाम्रो निन्द्रालाई प्रभावित तुल्याउँछ । हामीमध्ये धेरै बिहान कतिखेर उठिने हो भन्ने भय बोकेर सुतेका हुन्छौं । जसकारण हामी रातको समयमा मज्जाले निदाउन सक्दैनौं । त्यसैले, हामीले आरामसँग बिना भय नै सुत्ने बानी बसाल्नुपर्छ ।
  •  एक अध्ययनले प्रायःजसो समयमा एक्लोपनमा नै बिताउने गरेको मानिसलाई निन्द्रा नपर्ने बताएको छ । त्यस्ता व्यक्तिहरुले दिमागमा धेरै कुराहरु सोच्ने र त्यसमा नै गहिरो चिन्तन गरिरहने हुँदा त्यस्ता व्यक्तिहरु आरामले निदाउन सक्दैनन् ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ