२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठटिप्सहातले खाना खानुका फाइदा नै फाइदा

हातले खाना खानुका फाइदा नै फाइदा


काठमाडाैं-सामान्यतया तपाईंले खाना खाँदा चम्चा कत्तिको प्रयोग गर्नुहुन्छ ? यदि चम्चा प्रयोग गर्नुहुन्न भने त्यसमै सन्तुष्टि लिनुहोस् । किनकी, चम्चाले भन्दा हातले खाँदा स्वास्थ्यलाई धेरै फाइदा हुन्छ ।

हातले भात खादा तपाईंको पेटमात्र भरिदैन्, यसले दिमाग र आत्मालाई पनि भर्छ । अधिकांश भारतीय यस धारणामा विश्वास गर्छन् । अझ दक्षिण भारतका मानिसहरु त पिर्कामा बसेर केराको पातमाथि खाने कुरा राखेर खान्छन् ।

आयुर्वेदअनुसार हाम्रो हातका पाँचै औला पन्च तत्वसँग सम्बन्धित छन् । आयुर्वेदले बुढी औलालाई आकाश मानेको छ । चपाउन नसक्ने उमेरका कतिपय साना बालवालिका बुढी औला चुस्छन । यो पाचन प्रणालीलाई सहयोग गर्ने एउटा प्राकृतिक तरिका हो । चौर औलाले वायुको प्रतिनिधित्व गर्छ भने माझी औला आगो हो । त्यस्तै, साहिली औला पृथ्वी हो भने कान्छी औला पानी ।

पाँच तत्वको प्रतिनिधित्व गर्ने यी औलामध्ये कुनै औलाको असन्तुलन भएमा शरीरमा विभिन्न रोग लाग्छ । जब हामी खाना खान्छै, त्यतिबेला पाँचै औला ठ्ड्याउछौ । तसर्थ, खाना खाँदा पाँचै औला प्रयोग भयो भने पाँचै तत्व पाउँछौं ।

तपाईंमा पाचनको समस्या छ भने हातले नै खाने बानी बसाल्नुहोस् । किनकी औंलाको टुप्पोले शरिरमा संवेदना ल्याँउछ । औलाले खानेकुरा छोएको क्षणमा दिमागले पनि पेटलाई हामी खाना खादैंछौं है भन्ने संकेत गर्छ । तसर्थ, पेटलाई पनि अब खाने कुरा पचाउनुपर्छ भन्ने तयारी अवस्थामा राख्छ ।

जर्नल क्लिनिकल न्युट्रेसनमा प्रकाशित एक पछिल्लो अध्ययनअनुसार टाइप टु डायबिटिजका रोगीहरु अन्य सामान्य व्यक्तिभन्दा चाँडो खाने र टोक्नुपर्ने फलफूल पनि काटेर खान्छन् ।

तपाईंको पनि चाँडो खाने बानी छ भने आजैदेखि खाने बानी सुधार्नुहोस । हातको चाल हेरेर खादा पनि तपाईंको बानी सुध्रन सक्छ । हातले खाँदा थोरै खानाले पनि तपाईं अघाउनुहुन्छ, जुन चम्चाबाट सम्भव छैन् । तर, हातले खानुभन्दा अगाडि एक पटक आफ्नो नङ र औला हेर्न भने नबिर्सनुहोस् ।


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ