२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठटिप्सयी लक्षण भएमा महिलामा क्यान्सरको जोखिम हुन्छः

यी लक्षण भएमा महिलामा क्यान्सरको जोखिम हुन्छः


आफ्नो स्वास्थ्यको सबालमा महिलाहरु पुरुष भन्दा धेरै चनाखो हुने गर्छन । तर केही महिलाले आफूहरुलाई के हुदैछ भन्ने बारेमा खासै चासो दिएको पाइदैन । जति चाँडो समस्या पहिचान हुन्छ, त्यति नै छिटो रोगको उपचार हुने सम्भावना हुन्छ । प्रारम्भिक चरणमा नै पहिचान गर्न सकेमा विभिन्न प्रकारका क्यान्सरको उपचार गर्न सकिन्छ ।

१अस्वभाविक रुपमा तौल घट्नु अस्वभाविक तौल घट्नु पनि क्यान्सरको एउटा लक्षण हो । विना व्यायायम तौल घटाउन पाउदा कतिपय महिला मख्ख हुन्छन् । तर, डाईटिङ वा व्यायायमबिना तौल घट्छ भने यसलाई गम्भीरतापूर्वक लिनुपर्छ । क्यान्सरको कोषले शरिरको उर्जा खपत गरिदिन्छ, जसका कारण तौल घट्छ । तसर्थ निरन्तर तौल घटिरहेको छ भने चिकित्सकको परामर्श लिनुपर्छ ।

२ ब्लोटिङः रजस्वलाको समयमा प्राय महिलाले तल्लो पेट हल्लिएको अनुभूति गर्छन । तर, दिनहुँ जसो यो समस्या देखियो र लामो समय लम्बियो भने तत्कालै चिकित्सकको परामर्श लिनुपर्छ । अन्डासयमा क्यान्सर हुँदा ब्लोटिङ र पाचनसँग सम्बन्धित समस्या देखिन्छ । तपाईले खाना नखादा पनि पेट डम्म फुल्ने वा तारन्तार पिसाब आईरहन्छ । यस्तो लक्षण देखिएमा चिकित्सकले सिटी स्क्यान र रगत परीक्षण गर्न सुझाब दिन्छन् ।

३ स्तनको आकार परिवर्तनः महिलाको स्तनमा गिर्खा वा घाउ देखिएमा नियमित रुपमा परीक्षण गर्न चिकित्सकहरुले सल्लाह दिदै आएका छन । तर, स्तनको आकार परिवर्तन हुनु पनि क्यान्सरको लक्षण हो । छातीमा रातो विमिरा र स्तनको छालो बालो हुँदै जानु पनि यो क्यान्सरको लक्षण हो । स्तनको गिर्खा एक महिनासम्म पनि जादैन बरु निरन्तर बढिरहन्छ भने स्तन क्यान्सरको लक्षण हो ।

४ छाला परिवर्तनः छालाको क्यान्सरलाई अमेरिकामा साझा क्यान्सरको रुपमा लिइन्छ । छालामा देखिने कोठी, छालाको रंगमा अनियमितता, छालामा अनावश्यक रुपमा बिमिरा, रगत छालाको क्यान्सरका लक्षण हुन ।

५ निल्न गाहो हुनेः कुनै पनि खाना खाँदा निल्न गा¥हो हुनु पेट तथा आन्द्राको क्यान्सर हो । यस्तो लक्षण थाहा पाएपछि चिकित्सकले छातीको एक्सरे तथा इन्डोस्कोपी गर्नुपर्छ ।


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ